इलाम दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुग्यो
विराटनगर । इलामको रोङ गाउँपालिकास्थित किटानी भन्ने स्थानमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । धनुषाधाम–९ धारापानी बस्ने वर्ष १२ का बालक अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ३६ जना घाइते भएका थिए ।
घाइतेमध्ये धनुषाधाम–९ धारापानी कै वर्ष ३५ की मनवति लामा र वर्ष ६० कि शान्तमाया तामाङको मृत्यु भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।
मनवतीको उपचारको क्रममा हिंजो राती ८ बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो भने तामाङको आज बिहान ९ बजेर २० मिनेटमा मृत्यु भएको हो । अन्य घाइते सबैको झापा विर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु भएकाहरुको शव अस्पतालमै रहेको छ । प्रहरीले बसका चालकलाई आइतबार राती नै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै घाइतेमध्ये ३५ वर्षका अनिल परियारको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ । धनुषाको धनुषाधामस्थित धारापानीबाट उक्त टोली इलाम घुम्न आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
-
जागिरबाट निकालिएपछि एक वर्षदेखि तनावमा थिए आत्मदाह प्रयास गरेका विवेक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण