रुकुम पश्चिम जिप दुर्घटना : घाइते एक जनाको मृत्यु (अपडेट)
सोमबार, ०४ मङ्सिर २०८०, १३ : ५९
सुर्खेत । सोमवार बिहान भएको जिप दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली रहेका छन् ।
ओलीको चौरजहारी मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको छातीमा चोट लागेको थियो । लु १ ज २२९७ नम्बरको जिप बिहान ८ः ५० बजे चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।
जिप अनियन्त्रित भई सडकबाट ३०० मिटर तल भेरी नदी किनारमा खसेको थियो । दुर्घटनामा परी २२ जना घाइते भएका छन् । त्यसमध्ये ७ जना गम्भीर घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीर्घकालीन कर्जामा ब्याज पुँजीकरणको बाटो खुल्यो, आम्दानी नै नभई ब्याज तिर्नुपर्ने व्यवस्था अन्त्य
-
काभ्रेका १३ पालिकाले ल्याए बजेट, कसको कति ?
-
मेक्सिको र दक्षिण अफ्रिकाको जित, समूह ‘ए’ बाट नकआउट चरणमा प्रवेश
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जतिबेला पनि निद्रा लागिरहन्छ ?
-
ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण