यमनविरुद्ध चुनौती प्रस्तुत गर्न तयार छौँ : कप्तान चेम्जोङ

काठमाडौँ । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले फिफा विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा मंगलबार यमनविरुद्ध चुनौती प्रस्तुत गर्न तयार रहेको बताएका छन् ।
नेपाल विश्वकप छनोटको दोस्रो चरणमा दोस्रो खेल खेल्न लागेको हो । समूह ‘एच’ मा रहेको नेपालले यसअघि संयुक्त अरब इमिरेट्स(युएई) विरुद्ध ४–० को हारपछि यमनको सामना गर्दैछ ।
नेपालले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यमनसँग राती ७ बजे खेल्नेछ । सोमवार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान तथा गोलकिपर किरणले यमनसँगको खेल जित्नैपर्ने दबाबमा रहेको र त्यसका लागि टोली पनि मनोवैज्ञानिक रूपमा तयार नै रहेको बताएका हुन् ।
उनले युएईबिरुद्धको हार मस्तिष्कबाट हटाइसकेको र नयाँ लक्ष्यसहित तयारी गरिएको उल्लेख गरे । कप्तान किरणले खेलाडीहरू बलियो टोली यमनविरुद्ध मनोवैज्ञानिक रूपमा तयार रहेको बताए ।
घरेलु मैदानमा खेल्न पाउँदा सबैजना उत्साहित रहेको उल्लेख गर्दै कप्तान किरणले टोलीको समर्थनका लागि दर्शकको राम्रो उपस्थिति रहने समेत विश्वास व्यक्त गरे ।
टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अधिकांश नयाँ खेलाडी रहे पनि यमनविरुद्ध जित निकाल्ने आशा व्यक्त गरेका छन् । युएईसँगको खेलपछि टोलीको तयारी राम्रो भएको र पछिल्लो खेलमा भएको गल्ती सुधार गर्दै जित निकाल्ने उनको भनाइ छ । प्रशिक्षक एनेसले पनि घरेलु भूमिमा समर्थकको राम्रो साथ रहने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
ठिमीमा जेसुम यात्रा : संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन
-
सचिवहरू र मुख्यसचिवसमेतको दबाबले अवकाशको उमेर कार्यान्वयन विधिमा विवाद
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
भावी नेतृत्व जोडिएपछि सशस्त्रको एआईजी बढुवा पेचिलो