यमनविरुद्ध चुनौती प्रस्तुत गर्न तयार छौँ : कप्तान चेम्जोङ
काठमाडौँ । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले फिफा विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा मंगलबार यमनविरुद्ध चुनौती प्रस्तुत गर्न तयार रहेको बताएका छन् ।
नेपाल विश्वकप छनोटको दोस्रो चरणमा दोस्रो खेल खेल्न लागेको हो । समूह ‘एच’ मा रहेको नेपालले यसअघि संयुक्त अरब इमिरेट्स(युएई) विरुद्ध ४–० को हारपछि यमनको सामना गर्दैछ ।
नेपालले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यमनसँग राती ७ बजे खेल्नेछ । सोमवार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान तथा गोलकिपर किरणले यमनसँगको खेल जित्नैपर्ने दबाबमा रहेको र त्यसका लागि टोली पनि मनोवैज्ञानिक रूपमा तयार नै रहेको बताएका हुन् ।
उनले युएईबिरुद्धको हार मस्तिष्कबाट हटाइसकेको र नयाँ लक्ष्यसहित तयारी गरिएको उल्लेख गरे । कप्तान किरणले खेलाडीहरू बलियो टोली यमनविरुद्ध मनोवैज्ञानिक रूपमा तयार रहेको बताए ।
घरेलु मैदानमा खेल्न पाउँदा सबैजना उत्साहित रहेको उल्लेख गर्दै कप्तान किरणले टोलीको समर्थनका लागि दर्शकको राम्रो उपस्थिति रहने समेत विश्वास व्यक्त गरे ।
टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अधिकांश नयाँ खेलाडी रहे पनि यमनविरुद्ध जित निकाल्ने आशा व्यक्त गरेका छन् । युएईसँगको खेलपछि टोलीको तयारी राम्रो भएको र पछिल्लो खेलमा भएको गल्ती सुधार गर्दै जित निकाल्ने उनको भनाइ छ । प्रशिक्षक एनेसले पनि घरेलु भूमिमा समर्थकको राम्रो साथ रहने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण