कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु, १३ जना घाइते
धनगढी । कैलालीको गोदावरीमा नगरपालिका वडा नम्बर ४ मा मिनी ट्रक दुर्घटनामा परेको छ ।
आज साँझ गोदावरी नगरपालिकाको बुढितोलामा से१ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । यस्तै १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार ट्रक आफै अनियन्त्रित भई सडकको छेउमा पल्टिदा ट्रकमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो । उनको पहिचान अझै खुल्न नसकेको प्रहरी नायव उपरीक्षक चन्दले बताए ।
दुर्घटनामा परी डोटी जोरायल गाउँपालिका वडा नम्बर २ बस्ने ३४ वर्षीय ललिता सारू, पाँच वर्षीय आर्यान सारू, दुई वर्षीय आरसी सारू, ४० वर्षीय हुकुम विक, १४ वर्षीय जीवन विक, ६० वर्षीय रंग कामी, २५ वर्षीय २५ भरत मल्ल, १८ वर्षीय भुवन मडै, २८ वर्षीय यादव रावल, ४० वर्षीय राम बहादुर रावत घाइते भएका छन् । उनीहरुको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यस्तै १२ वर्षीय विपिन विक, ३६ वर्षीय टेक बहादुर सारू, ३४ वर्षीय कल्पना विकको पदमा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्यवृद्धिले खाद्यान्न ढुवानी प्रभावित
-
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण