कर्णालीबासीले क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिन सक्ने

सुर्खेत । कर्णाली प्रदेशका नागरिकले क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिन सक्ने भएका छन् । कर्णालीबासीले घरबाटै क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिन सक्ने भएका हुन् ।
मंगलबार प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रहरी प्रमुख डीआईजी भीम प्रसाद ढकालले उक्त क्यूआर कोर्डको उद्घाटन गरेका छन् । क्यूआर कोर्ड सञ्चालनमा आएसँगै अब कर्णाली बासीले प्रहरीमा उजुरी दिनुपरे घरबाटै दिन सक्नेछन् ।
सुरक्षित कर्णाली निर्माण गर्न सात वटा अभियान सञ्चालन गरेको भन्दै ढकालले नागरिकले सुरक्षित र सहज रुपमा सुरक्षा सेवा पाउन भन्ने उद्देश्यले क्युआर सिस्टम सञ्चालनमा ल्याइएको बताए ।
‘सुरक्षाप्रतिको विश्वास बढाउन, नागरिकसँग नजिक हुन्, नागरिकलाई सहज सेवा प्रदान गर्न हामीले यो अभियान सञ्चालनमा ल्याएका हौँ,’ उनले भने, ‘नागरिकलाई सेवा लिन जाँदा दुःख नहोस् भनेर यो सेवा सुचारु गरिएको हो ।’
क्यूआर कोडमार्फत आएका गुनासालाई तिन प्रकारमा वर्गीकरण गरिएको छ । ढकालका अनुसार अति जरुरी प्रकारको उजुरी आएको खण्डमा तत्कालै एक्सन लिने, जरुरी प्रकारको भए तिन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानबिन गरी उजुरीकर्तालाई जानकारी दिइने छ ।
उनले उजुरीकर्ताको गोपनीयता कायम राखेर कानुनी प्रक्रिया अघि बढाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर