उच्च अदालतका मुख्य न्यायाधीशसहित १४ जना न्यायाधीशहरूको सरुवा (सूची)

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीशसहित १४ जना न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ । उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलाको उच्च अदालत पाटनमा सरुवा गरिएको हो ।
त्यस्तै, उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारुलाई उच्च अदालत पोखरा बाग्लुङ इजलासमा सरुवा गरिएको छ । उच्च अदालत तुल्सीपुरका न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालत विराटनगर धनकुटा इजलासमा पुर्याइएको छ ।
सरुवा हुने अन्य न्यायाधीशमा राजेश्वर तिवारी, दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई, यमुना भट्टराई, शालिग्राम कोइराला, राजेन्द्र खरेल, सुदर्शनदेव भट्ट, गोकर्ण डाँगी, किरण पौडेल र डालकुमार खड्का छन् ।
त्यस्तै, उच्च अदालतका चार जना न्यायाधीशको काज सरुवा गरिएको छ । यसमा हरिप्रसाद भण्डारी, लेखनाथ पौडेल, बामदेव ज्ञवाली र अमृत बहादुर बस्नेत छन् । विशेष अदालतमा तोकिएका उच्च अदालत जनकपुरका न्यायाधीश बलभद्र बास्तोलालाई काज फिर्ता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी
-
एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो
-
नक्कली प्रहरी पक्राउ, अपाङ्गलाई समेत डर देखाएर असुल्थे रकम
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित