इजरायलद्वारा रिहा गर्न सकिने ३ सय प्यालेस्टिनीको सूची सार्वजनिक
तेल अभिभ । इजरायल र हमासबीच भएको सम्झौताअनुसार इजरायलले रिहा गर्न सकिने ३ सय प्यालेस्टिनीको सूची सार्वजनिक गरेको छ । यो सूची इजरायलको न्याय मन्त्रालयको वेबसाइटमा प्रकाशित गरिएको छ।
यसमा रिहा हुने व्यक्तिहरुको नाम, उमेर र अभियोग उल्लेख छ । रिपोर्टका अनुसार पहिलो ब्याचमा १५० जना मात्रै रिहा हुनेछन् । यसबारे थप जानकारी चाँडै दिइने बताइएको छ। ३०० जनाको सूचीमा १४ वर्षदेखि ५९ वर्षसम्मका २७४ जना पुरुष छन् । तीमध्ये धेरैजसो १७-१८ वर्षका छन्।
उनीहरुमाथि ज्यान मार्ने प्रयास, बम प्रहार, विष्फोटक पदार्थ बनाउने, ढुङ्गा हाने, शंकास्पद सङ्गठनसँग सम्पर्क राख्ने, शरीरमा क्षति पुर्याउने, आगजनीलगायतका आरोप छन् ।
अर्कोतर्फ हमासले पनि यो सम्झौता अन्तर्गत १५० प्यालेस्टिनीलाई रिहा गरिने बताएको थियो । ह्युमन राइट्स वाचका अनुसार हाल लगभग ७ हजार प्यालेस्टिनीहरू इजरायलको हिरासतमा छन्। जसमा २ सय महिला र ६० बालबालिका रहेका छन् ।
एचआरडब्लूका कार्यक्रम निर्देशक सारी बाशीले पक्राउ परेका केही बालबालिकाहरू ढुङ्गाले हानेजस्ता साना घटनाहरूमा संलग्न रहेको बताइन् । उनले प्यालेस्टिनी बालबालिकाविरुद्ध सैन्य कानून अन्तर्गत मुद्दा दर्ता गरिएको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट
-
इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
-
पटनाका दुग्ध उत्पादक किसान चितवनमा
-
‘जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानमा आत्मनिर्भर हुनुपर्छ’
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण