सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

इजरायलद्वारा रिहा गर्न सकिने ३ सय प्यालेस्टिनीको सूची सार्वजनिक

बुधबार, ०६ मङ्सिर २०८०, १५ : ५३
बुधबार, ०६ मङ्सिर २०८०

तेल अभिभ । इजरायल र हमासबीच भएको सम्झौताअनुसार इजरायलले रिहा गर्न सकिने ३ सय प्यालेस्टिनीको सूची सार्वजनिक गरेको छ । यो सूची इजरायलको न्याय मन्त्रालयको वेबसाइटमा प्रकाशित गरिएको छ। 

यसमा रिहा हुने व्यक्तिहरुको नाम, उमेर र अभियोग उल्लेख छ । रिपोर्टका अनुसार पहिलो ब्याचमा १५० जना मात्रै रिहा हुनेछन् । यसबारे थप जानकारी चाँडै दिइने बताइएको छ। ३०० जनाको सूचीमा १४ वर्षदेखि ५९ वर्षसम्मका २७४ जना पुरुष छन् । तीमध्ये धेरैजसो १७-१८ वर्षका छन्।

उनीहरुमाथि ज्यान मार्ने प्रयास, बम प्रहार, विष्फोटक पदार्थ बनाउने, ढुङ्गा हाने, शंकास्पद सङ्गठनसँग सम्पर्क राख्ने, शरीरमा क्षति पुर्‍याउने, आगजनीलगायतका आरोप छन् ।

अर्कोतर्फ हमासले पनि यो सम्झौता अन्तर्गत १५० प्यालेस्टिनीलाई रिहा गरिने बताएको थियो । ह्युमन राइट्स वाचका अनुसार हाल लगभग ७ हजार प्यालेस्टिनीहरू इजरायलको हिरासतमा छन्। जसमा २ सय महिला र ६० बालबालिका रहेका छन् ।

एचआरडब्लूका कार्यक्रम निर्देशक सारी बाशीले पक्राउ परेका केही बालबालिकाहरू ढुङ्गाले हानेजस्ता साना घटनाहरूमा संलग्न रहेको बताइन् । उनले प्यालेस्टिनी बालबालिकाविरुद्ध सैन्य कानून अन्तर्गत मुद्दा दर्ता गरिएको जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप