पोखराको होटलमा एक युवतीको मृत्यु
बुधबार, ०६ मङ्सिर २०८०, १८ : ४१
पोखरा । पोखराको एक होटलमा युवतीको मृत्यु भएको छ । नागढुंगास्थित एक होटलमा गएराती तनहुँ भीमादकी ३८ वर्षीय सुकु विकको मृत्यु भएको हो ।
मंगलबार साँझ ७ बजे होटल पुगेकी उनी बेहोस भएको भन्दै होटल सञ्चालकले चरक मेमोरियल अस्पताल लगेको थिए । चेकजाँचका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
कास्की प्रहरीका अनुसार उनी विगत २ वर्षदेखि नागढुंगाकै एक रेष्टुरेण्टमा काम गर्दै आएकी थिइन् । घटना शंकास्पद भएकाले अनुसन्धान सुरु गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
उनका अनुसार अनुसन्धानका क्रममा शंकास्पद ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण