पोखराको होटलमा एक युवतीको मृत्यु
बुधबार, ०६ मङ्सिर २०८०, १८ : ४१
पोखरा । पोखराको एक होटलमा युवतीको मृत्यु भएको छ । नागढुंगास्थित एक होटलमा गएराती तनहुँ भीमादकी ३८ वर्षीय सुकु विकको मृत्यु भएको हो ।
मंगलबार साँझ ७ बजे होटल पुगेकी उनी बेहोस भएको भन्दै होटल सञ्चालकले चरक मेमोरियल अस्पताल लगेको थिए । चेकजाँचका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
कास्की प्रहरीका अनुसार उनी विगत २ वर्षदेखि नागढुंगाकै एक रेष्टुरेण्टमा काम गर्दै आएकी थिइन् । घटना शंकास्पद भएकाले अनुसन्धान सुरु गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
उनका अनुसार अनुसन्धानका क्रममा शंकास्पद ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
दुर्गा र प्रतापको ‘ओइ नक्कले’मा सुशान्त र प्रियंकाको रोमान्स
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भव ?
-
इस्तानबुलमा हुने युक्रेन शान्ति वार्तामा पुटिन नजाने भएपछि रिसाए जेलेन्स्की