हरिबोधिनी एकादशीको अवसरमा आचार्य राघव उपाध्यायको हरि भजन सार्वजनिक
बारा । हरिबोधिनी एकादशीको अवसरमा आचार्य राघव उपाध्यायको स्वरमा हरि भजन नामक धार्मिक गीत सार्वजनिक भएको छ । जीतपुर सिमरा उपमहानगर वडा नं २१ निवासी आचार्यले मङ्सिर ७ गते हरिबोधिनी एकादशीको अवसर पारेर मौलिक शब्दको प्रयोग गरेर हरि भजन गीत सार्वजनिक गरेका हुन् ।
भजन गीतमा ‘हरि भनन हरि भनन, छैनन् हरि वनमा भित्री मनमा’ लयको प्रयोग गरिएको छ । सो धार्मिक गीतको भिडियोमा मधेस प्रदेशकै धार्मिक स्थलहरू जनकपुर धाम सहित अन्य केही ठाउँको दृश्य कैद गरिएको छ । आचार्य राघव उपाध्यायले पारम्परिक नेपाली सङ्गीतको माध्यमबाट मौलिक पर्वहरूको जर्गेना गर्ने उद्देश्यले हरिबोधिनी एकादशीलाई लक्षित गरेर भजन गीत सार्वजनिक गरिएको बताएका छन् ।
सो धार्मिक भजन गीतको शब्द रचना भने रामकृष्ण उपाध्यायले गरेका हुन् । जीतपुर सिमरा निवासी आचार्य राघव उपाध्यायले यसअघि पनि एक दर्जन भन्दा बढी धार्मिक गीतहरू सार्वजनिक गरेका छन् । हिन्दु धर्मको जर्गेना तथा प्रवद्वन गर्ने उद्देश्यले उपाध्यायले देशभर विभिन्न ठाउँमा पुगेर धार्मिक सप्ताहमा प्रवचन गर्ने गर्दछन् । हिन्दु धर्मालम्बीहरुको ठुला चाडपर्वहरु दशै, तिहार र छठ पर्व सकिए लगत्तै हरिबोधिनी एकादशी आउने गर्दछ ।
हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठुलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठुलो एकादशी पनि भनिन्छ । हिन्दु धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु हरिबोधिनी एकादशीको दिन उठ्ने पुराणहरूमा उल्लेख गरिएको छ । यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ ।
पुराणहरुमा अन्य एकादशीमा भन्दा ठुलो एकादशीको दिन भगवान् विष्णुको उपासना गर्दा बढी फलदायी हुने कुराको उल्लेख गरिएको आचार्य राघव उपाध्याय बत्ताउँछन् ।
यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएको धार्मिक गन्थ्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण