तकियाकै कारण बिरामी परिएला नि !
काठमाडौँ । तकिया निद्राको साथी हो । दिउँसो होस् या राति सुत्ने बेलामा हामी सबैलाई तकिया नभई हुन्न । अग्लो, होचो, नरम, साह्रो जस्तो सुकै होस् तकिया चाहिन्छ । तर यसले हाम्रो स्वास्थ्यलाई अनपेक्षित रूपमा प्रभावित पारिरहेको हुन्छ ।
तकिया र तपाईँको स्वास्थ्य अवस्थाबिचको सम्बन्ध तत्कालै देखिन्न । तर यसलाई कसैले अस्वीकार गर्न पनि सक्दैन । तकियाको चयनले निद्राको स्तर प्रभावित हुन्छ । अनि यसको प्रभाव रोग प्रतिरोधात्मक क्षमता, मानसिक स्वास्थ्य र समग्रमा मजबुतीलाई प्रभावित बनाउँछ ।
तकियालाई तपाईलाई सिधै बिरामी त नबनाउला, तर यसले शरीरमा असहजता बढाउँछ अनि समस्याहरू बढाउँछ । कोही देब्रे कोल्टे फर्केर सुत्छन् कोही दाहिने । कोही कोही उत्तानो वा घोप्टो परेर पनि सुत्छन् । जसरी सुते पनि टाउकोलाई सपोर्ट दिन तकिया चाहिन्छ । उपर्युक्त वा सुहाउँदो तकिया भएन भने घाँटी दुख्ने, पाखुरा दुख्ने वा निदाउने समस्या आउन सक्छ ।
उत्तानो परेर सुत्दा पनि तकिया चाहिन्छ । तर धेरै मोटो तकियामा सुत्दा मेरुदण्ड र टाउकोबिच तालमेल नमिलेर शरीरमा अप्ठ्यारो हुने, गर्धन दुख्ने जस्ता समस्या देखिन सक्छ । यसले समग्रमा तपाईँको सहजता र स्वास्थ्यलाई नै प्रभावित बनाउन सक्छ भन्छन् डाक्टरहरू ।
तकिया नमिल्दा ढुँसी जम्मा भएर एलर्जी, दम वा श्वासप्रश्वासमा समस्या आदि पनि निम्तन सक्ने बताइएको छ । रातमा राम्रोसँग ननिदाउँदा बिहान उठेदेखि नै झुम्म भइरहने, रिँगटा लाग्ने, निद्रा नपुगेर लड्ने वा घाउ चोट लाग्ने जस्ता सम्भावित स्वास्थ्य समस्याहरूबाट बच्न पनि उपर्युक्त तकिया रोज्नु पर्नेमा डाक्टरहरू जोड दिन्छन् ।
घाँटी र मेरुदन्डलाई राम्रोसँग सपोर्ट गर्ने तकिया छान्नुस् । तकियाका कारण हुन सक्ने जोखिम कम गर्न हरेक १–२ हप्तामा तकियाको खोल धुनुहोस् । अनि बेला बेलामा तकिया घाममा सुकाउनुस् । धुन मिल्ने खालको छ भने हरेक ३ देखि ६ महीनाको अन्तरालमा तकिया धोएर प्रयोग गर्न चिकित्सकहरू सुझाव दिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण