युद्ध विरामको पहिलो चरणमै विपिन जोशीको रिहाइका लागि पहल
काठमाडौँ । इजरायल र हमास समूहबिच युद्ध विराम भएपछि नेपालले विपिन जोशीको रिहाइ पहल थालेको छ । चार दिने युद्ध विराम कै क्रममा जोशीको रिहाइका लागि नेपालले पहल थालेको हो ।
इजरायलले हमास समूहविरुद्धको युद्ध चार दिनका लागि रोकेको छ । उक्त समयमा अपहरणमा परेका ५० जनालाई रिहा गर्ने सहमति भएको छ । सोही क्रममा जोशीको रिहाइका लागि नेपालले पहल थालेको हो ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपालस्थित इजरायली राजदूत हनान गोदेरलाई भेटेर पहिलो चरणमै रिहाइका लागि पहल गरिदिन अनुरोध गरे । बिहीबार मन्त्रालयमा भएको भेटका क्रममा चार दिने युद्ध विरामको क्रममा जोशीको उद्धारका लागि पहल गरिदिन अनुरोध गरेका हुन् । जवाफमा राजदूत गोदेरले इजरायल सरकारले प्राथमिकतामा राखेको बताएका थिए ।
गत अक्टोबर ७ तारिखमा हमासले आक्रमण गरेको थियो । सोही क्रममा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए । जोशीलाई हमास समूहले अपहरण गरेर गाजातर्फ लगेको थियो । हालसम्मको उनको अवस्था सार्वजनिक हुन सकेको छैन । तर, इजरायली सेनाले भने गाजास्थित एक अस्पतालमा उनी सुरक्षित रहेको दाबी गरेको छ । इजरायलले चार दिनका लागि युद्ध रोकेको छ । मानवीय सहायताका लागि भन्दै युद्ध रोकेको इजरायलले जनाएको छ । सोही क्रममा हमास समूहले ५० जनालाई रिहा गर्नेछ । पहिलो चरणमा ५० जना महिला र बालबालिकालाई रिहा गर्ने हमासले जनाएको हो । सोही क्रममा जोशीलाई समेत रिहा गर्नका लागि पहल गर्न मन्त्री साउदले अनुरोध गरेका हुन् ।
त्यस्तै परराष्ट्रमन्त्रीसँगको भेटका क्रममा कृषि कामदार लैजाने विषयमा समेत छलफल भएको थियो । राजदूत गोदेरले इजरायलमा कृषि कामदार पठाउनका लागि अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण