बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जुवाखालमा छापा, २४ राउण्ड गोली बरामद

बिहीबार, ०७ मङ्सिर २०८०, २० : ००
बिहीबार, ०७ मङ्सिर २०८०

पोखरा । पोखरामा जुवाखालमा प्रहरीले छापा मार्दा हर्नेट बरामद भएको छ । पोखरा २२ खाल्सेको चिसापानी बस्ने भेषबहादुर गुरुङको घरबाट हर्नेट बरामद भएको हो ।

कौडा खेलिरहेको सूचना पाएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो । हर्नेटसँगै गोली २४ राउण्ड र हतियारमा लाग्ने म्याग्जिन १ थान बरामद भएको प्रहरीले जनाएको छ । गुरुङले अत्यधुनिक सेन्सर जडान गरेर कौडा खेलाउने गरेको भेटिएको प्रहरीको भनाइ छ ।

उनीहरुले सेन्सर जडान गरी सेन्सरलाईट एवं रिमोटबाट सञ्चालन हुने, डिजिटल प्रणाली प्रयोग गरी जुवातास खेल्ने गरेको भेटिएको छ । पक्राउ पर्नेमा भेषबहादुर सँगै पोखरा–१० अमरसिंहचोकका ३८ वर्षीय बलराम श्रेष्ठ, पोखरा–९ पृथ्वीचोका २८ वर्षीय सुरेन्द्र शाह, पोखरा–१५ रामबजारका दीपेन्द्र सेन, पोखरा–२६ विजयपुर बस्ने खम्बसिंह राना र बुढीबजारका सन्दिप भनिने डोरबहादुर गुरुङ छन् ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ८ दिन म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

उनका अनुसार जुवाखालबाट १६ थान कौडा, ८२ हजार ९९० नगद, जुवा खालमा बिछ्याइएका गलैंचा, मण्डी बरामद भएको छ ।

उनीहरुले जुवा खेलाउनका लागि जमिनमा खाडल खनेर लाइनको तार जडान गरेका थिए । त्यसमा सेन्सर मेसिन पनि जोडिएको थियो । डिजिटल स्टेप्लाइजर, सेन्सर लाइट, तार, रिमोट लगायत बरामद भएको विकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप