जुवातास खेल्दाखेल्दै २६ जना पक्राउ
काठमाडौँ । जुवा खेल्दै गरेको अवस्थामा झापाबाट ११ जना, लमजुङबाट ११ जना र काभ्रेबाट ४ जना गरी जम्मा २६ जना पक्राउ परेका छन् । बिहीबार राति पक्राउ परेकामध्ये झापा दमक नगरपालिका-७ हाटखोला बस्ने ४१ वर्षीय कर्ण बहादुर राई समेत ११ जना रहेका छन् । राईको घरमा जुवा खेलेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले नगद ३ लाख ५३ हजार ६ सय रूपैयाँसहित र २ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी पक्राउ परेकामध्ये लमजुङ सुन्दरबजार नगरपालिका-६ खत्रिठाटी बस्ने ४३ वर्षीय शुभाष श्रेष्ठ समेत ११ जना रहेका छन् । श्रेष्ठको घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार २ सय ९५ रूपैयाँ, ६ बुक तास,१ सेट पासा, १६ थान कौडासहित पक्राउ गरेको हो ।
यसैगरी काभ्रे भुम्लु गाउँपालिका-७ बस्ने ३९ वर्षीय भरत गिरी समेत ४ जना जुवातास खेल्दा खेल्दै पक्राउ परेका छन् । भुम्लु गाउँपालिका-८ भुम्लुटारस्थित खाली घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरी चौकी दोलालघाट र प्रहरी चौकी सल्ले भुम्लुबाट खटिएको प्रहरीले नगद ७९ हजार ४ सय ७५ रूपैयाँ र १ सेट कौडासहित उनीहरूलाई पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण