मुस्ताङमा ५ दिनदेखि बेपत्ता पर्यटकसहित ४ जनाको उद्धार
शुक्रबार, ०८ मङ्सिर २०८०, १८ : १७
पोखरा । मुस्ताङमा पाँच दिनदेखि बेपत्ता भएका दुई जना पर्यटकको उद्धार गरिएको छ । लोघेकर दामोदर कुण्ड गाउँपालिका–२ घमीस्थित घार गुम्बा क्षेत्रबाट हराएका ४ जनाको मुस्ताङ प्रहरीले उद्धार गरेको हो ।
उनीहरुलाई गाइड पेम्बा शेर्पाले बोकेको मोबाइलको लोकेशनका आधारमा उद्धार गरिएको मुस्ताङका प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।
इटालियन नागरिक ४५ वर्षकी एरिआना रेजिस र स्वीस नागरिक ५५ वर्षका मार्को गाजोलासहित गाइडहरु पेम्बा र नांखा शेर्पा हराएका थिए । उनीहरु ट्रेकिङ गर्दै त्यहाँ पुगेका हुन् ।
प्रहरीले अल्टिच्युड हेलिकोप्टरबाट सर्च गरेर उनीहरुलाई उद्धार गरेको पाण्डेले बताए ।
गुम्बाभन्दा तल खोँचमा उनीहरु अड्किएका थिए । चार जनालाई हेलिकोप्टर मार्फत पोखरा फर्काइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण