शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कर्णाली सरकारको विपद् व्यवस्थापन कोषमा साढे ९ करोडभन्दा बढी रकम जम्मा

शुक्रबार, ०८ मङ्सिर २०८०, १९ : ५२
शुक्रबार, ०८ मङ्सिर २०८०

सुर्खेत । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षति पुर्याएको क्षेत्रको व्यवस्थापनका लागि कर्णाली सरकारको विपद् व्यवस्थापन कोषमा साढे ९ करोडभन्दा बढी रकम जम्मा भएको छ ।

प्राप्त विवरण अनुसार अहिलेसम्म ९ करोड ५६ लाख १६ हजार बराबरको रकम जम्मा भएको छ । कार्तिक १७ मध्यराति भूकम्प गएसँगै १८ गते नै प्रदेश सरकारले सहयोगका लागि सूचना निकालेर आह्वान गरेको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहेको विपद् शाखाका अनुसार प्रदेश सरकारले नै चार करोड रकम विपद् कोषमा जम्मा गरेको छ । त्यस बाहेक सबै रकम भूकम्प प्रभावितका लागि आह्वान गरेको सूचनामा आधारित सहयोग प्राप्त भएको हो ।

अहिलेसम्म १५ वटा संघसंस्था, सरकार, दातृ निकाय र व्यक्तिहरुले रकम सहयोग गरेका छन् । जसमध्ये कोशी प्रदेश सरकारले एक करोड, लुम्बिनी प्रदेश सरकारले एक करोड ५० लाख रकम उपलब्ध गराएको छ भने एनसेलले ५० लाख रकम कोषमा जम्मा गरेको छ । 

विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायाका अनुसार सहयोग प्राप्त रकम प्रभावित जिल्लाका प्रशासनहरुलाई उपलब्ध गराइने छ । तत्काल पाँच करोड रकम प्रशासनहरुलाई उपलब्ध गराइने छ ।

प्रदेश सरकारलाई अस्थायी आवास निर्माणका लागि जिम्मेवारी नदिँदा सहयोग प्राप्त रकम जिल्ला प्रशासनलाई पठाउने तयारी सरकारले गरेको हो ।

यद्यपि प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रको व्यवस्थापनका लागि छुट्टै १ अर्ब रकम विनियोजन गरेको छ । उक्त रकम भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचनाहरु निर्माणमा खर्च गर्ने गरी तयारी गरिरहेको छ ।

bibarankarnalireceived_1019619699320175jamin-mato

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप