कर्णाली सरकारको विपद् व्यवस्थापन कोषमा साढे ९ करोडभन्दा बढी रकम जम्मा
सुर्खेत । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षति पुर्याएको क्षेत्रको व्यवस्थापनका लागि कर्णाली सरकारको विपद् व्यवस्थापन कोषमा साढे ९ करोडभन्दा बढी रकम जम्मा भएको छ ।
प्राप्त विवरण अनुसार अहिलेसम्म ९ करोड ५६ लाख १६ हजार बराबरको रकम जम्मा भएको छ । कार्तिक १७ मध्यराति भूकम्प गएसँगै १८ गते नै प्रदेश सरकारले सहयोगका लागि सूचना निकालेर आह्वान गरेको थियो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहेको विपद् शाखाका अनुसार प्रदेश सरकारले नै चार करोड रकम विपद् कोषमा जम्मा गरेको छ । त्यस बाहेक सबै रकम भूकम्प प्रभावितका लागि आह्वान गरेको सूचनामा आधारित सहयोग प्राप्त भएको हो ।
अहिलेसम्म १५ वटा संघसंस्था, सरकार, दातृ निकाय र व्यक्तिहरुले रकम सहयोग गरेका छन् । जसमध्ये कोशी प्रदेश सरकारले एक करोड, लुम्बिनी प्रदेश सरकारले एक करोड ५० लाख रकम उपलब्ध गराएको छ भने एनसेलले ५० लाख रकम कोषमा जम्मा गरेको छ ।
विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायाका अनुसार सहयोग प्राप्त रकम प्रभावित जिल्लाका प्रशासनहरुलाई उपलब्ध गराइने छ । तत्काल पाँच करोड रकम प्रशासनहरुलाई उपलब्ध गराइने छ ।
प्रदेश सरकारलाई अस्थायी आवास निर्माणका लागि जिम्मेवारी नदिँदा सहयोग प्राप्त रकम जिल्ला प्रशासनलाई पठाउने तयारी सरकारले गरेको हो ।
यद्यपि प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रको व्यवस्थापनका लागि छुट्टै १ अर्ब रकम विनियोजन गरेको छ । उक्त रकम भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचनाहरु निर्माणमा खर्च गर्ने गरी तयारी गरिरहेको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण