भिजिट भिसामा यूएई पुगेकी एक महिलाको भवनबाट खसेर मृत्यु
काठमाडौँ । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेकी एक महिलाको आफैँ बस्दै आएको भवनबाट खसेर मृत्यु भएको छ । मृतक महिलाको शव आवश्यक प्रक्रिया पुरा गरेर शुक्रबार नेपाल पठाइएको नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाहीले रातोपाटीलाई जानकारी दिए ।
शाहीका अनुसार अनुसार नेपालको ललितपुर घर भएकी उनी गत नोभेम्बर ११ मा आबुधाबीस्थित बस्दै आएको भवनबाट खसेकी थिइन् । २८ वर्षीय उनको ‘उचाइबाट खसेका कारण मृत्यु’ भएको भन्ने रिपोर्ट अस्पतालले दिएको छ ।
उनको दुःखद मृत्युपछि नेपाल एसोसिएसन–एनआरएनए यूएईको टीमले मानवीय भावनालाई आत्मासाथ गर्दै नेपाली राजदूतावास यूएईको सहकार्यतामा शव शुक्रबार नेपाल पठाइएको शाहीको भनाइ छ । पछिल्लो समय यूएईमा भिजिट भिसामा जाने नेपालीहरुको संख्या बढ्दै गएको यूएईमा कार्यरत सरोकारवालाहरू बताउँछन् ।
कतिपय भिजिट भिसाको सहारामा त्यहाँ काम गर्नका लागि जाने तथा कतिपय चाहिँ यूएईलाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने उद्देश्यले पुग्ने गरेको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटलाई विश्वकप टोलीमा समावेश गर्न बीसीसीआईलाई रोहित शर्माको सुझाव
-
भोजपुर र धनकुटामा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
-
चीनको भन्सार र क्वारेन्टिन प्रक्रिया सहजीकरण गर्न आग्रह
-
कर्णालीमा माओवादीबाट रावत, शाही र केसी मन्त्री बन्दै
-
काठमाडौँ मेडिकल कलेजमा तोडफोड र डाक्टरमाथि हातपात गर्नेलाई कारबाही माग
-
मुस्ताङमा विद्यार्थी लिएर गएको गाडी दुर्घटना, २१ जना घाइते