भिजिट भिसामा यूएई पुगेकी एक महिलाको भवनबाट खसेर मृत्यु
काठमाडौँ । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेकी एक महिलाको आफैँ बस्दै आएको भवनबाट खसेर मृत्यु भएको छ । मृतक महिलाको शव आवश्यक प्रक्रिया पुरा गरेर शुक्रबार नेपाल पठाइएको नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाहीले रातोपाटीलाई जानकारी दिए ।
शाहीका अनुसार अनुसार नेपालको ललितपुर घर भएकी उनी गत नोभेम्बर ११ मा आबुधाबीस्थित बस्दै आएको भवनबाट खसेकी थिइन् । २८ वर्षीय उनको ‘उचाइबाट खसेका कारण मृत्यु’ भएको भन्ने रिपोर्ट अस्पतालले दिएको छ ।
उनको दुःखद मृत्युपछि नेपाल एसोसिएसन–एनआरएनए यूएईको टीमले मानवीय भावनालाई आत्मासाथ गर्दै नेपाली राजदूतावास यूएईको सहकार्यतामा शव शुक्रबार नेपाल पठाइएको शाहीको भनाइ छ । पछिल्लो समय यूएईमा भिजिट भिसामा जाने नेपालीहरुको संख्या बढ्दै गएको यूएईमा कार्यरत सरोकारवालाहरू बताउँछन् ।
कतिपय भिजिट भिसाको सहारामा त्यहाँ काम गर्नका लागि जाने तथा कतिपय चाहिँ यूएईलाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने उद्देश्यले पुग्ने गरेको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण