सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

इतिहास बनेको ट्रली बस, तस्बिरहरू

शनिबार, ०९ मङ्सिर २०८०, ०५ : ५९
शनिबार, ०९ मङ्सिर २०८०

काठमाडौँ । कैलालीबाट पासपोर्ट बनाउन आएका सूर्यबहादुर थापा त्रिपुरेश्वरको बाटो हिँड्दा सडकको छेउमा ठुलो ठुलो अनौठो लाग्ने पोलहरू देख्दा केको हो भन्ने लागेको थियो । उनले त्यही कुरा जान्न एउटा पसलमा सोध्दा ट्र्लिबस चल्ने पोल हो भनेर पसलवालाले भन्दा अचम्मित भए र अझै पनि चल्छ र भन्दै सोधे । पसलवालाले जवाफमा ‘इतिहास भयो ट्रली बस कुनै बेला थियो भाइ’ भनेर हाँसेर उडाइदिए । 

थापा जस्तै त्रिपुरेश्वरको बाटो हिँड्नेलाई ती ठुला ठुला प्रयोगविहीन पोलहरू देख्दा केको हो भन्ने लाग्ने गर्दछ । काठमाडौँ र भक्तपुर जिल्लालाई जोड्ने राजधानीको फराकिलो सडकमा त्रिपुरेश्वर–सूर्यविनायक कुनै समय ट्रली बस गुड्थ्यो । चीन सरकारको सहयोगमा २०३२ सालमा त्रिपुरेश्वर–माइतीघर–सूर्यविनायकसम्मको १४ किलोमिटरमा विद्युतीय ट्रली बस निर्माण गरिएको थियो । 

trolly bus (9)

ट्रली बस निर्माण भएको १२ वर्षसम्म निर्बाध रूपमा सञ्चालन भए पनि २०४४ सालसम्म बन्द हुने अवस्थामा आइसकेको थियो । ट्रली बसमा कोचाकोच आवतजावत गरेको अहिले तस्बिरमा मात्र सीमित छ । बिचमा बन्द भएको ट्रली बस पछि सन २००१ सम्म आंशिक रूपमा चलेको थियो तर सन २००८ पछि घाटा भएको कारणले पूर्णरुपमा बन्द भयो । 

मीनभवनस्थित यातायात व्यवस्था विभाग परिसरको कवाडी हलमा थन्किएका ३२ ओटा ट्रली बसमा कोरिएको यो वाक्यांशले विभागलाई नै गिज्याइरहेको छ । बसका सबै पार्टपुर्जामा खिया लागिसकेको अवस्था छ । विद्युतीय ट्रली बस साँच्चै नै अब इतिहास बनेको छ । 

३३ वर्षसम्म काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातमा योगदान दिएको ट्रली बस सेवा अहिले कुनै सरकारी निकायको मातहतमा छैन । हेरौँ नेपाल फोटो लाइब्रेरी बाट कैद गरिएका अहिलेको अवस्थामा रहेका ट्रली बस र सम्बन्धित भग्नावशेषका तस्बिरहरू :

trolly bus (1)trolly bus (2)trolly bus (3)trolly bus (4)trolly bus (5)trolly bus (6)trolly bus (7)trolly bus (8)trolly bus (10)trolly bus (11)trolly bus (12)trolly bus (13)trolly bus (14)trolly bus (15)trolly bus (16)trolly bus (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप