इतिहास बनेको ट्रली बस, तस्बिरहरू
काठमाडौँ । कैलालीबाट पासपोर्ट बनाउन आएका सूर्यबहादुर थापा त्रिपुरेश्वरको बाटो हिँड्दा सडकको छेउमा ठुलो ठुलो अनौठो लाग्ने पोलहरू देख्दा केको हो भन्ने लागेको थियो । उनले त्यही कुरा जान्न एउटा पसलमा सोध्दा ट्र्लिबस चल्ने पोल हो भनेर पसलवालाले भन्दा अचम्मित भए र अझै पनि चल्छ र भन्दै सोधे । पसलवालाले जवाफमा ‘इतिहास भयो ट्रली बस कुनै बेला थियो भाइ’ भनेर हाँसेर उडाइदिए ।
थापा जस्तै त्रिपुरेश्वरको बाटो हिँड्नेलाई ती ठुला ठुला प्रयोगविहीन पोलहरू देख्दा केको हो भन्ने लाग्ने गर्दछ । काठमाडौँ र भक्तपुर जिल्लालाई जोड्ने राजधानीको फराकिलो सडकमा त्रिपुरेश्वर–सूर्यविनायक कुनै समय ट्रली बस गुड्थ्यो । चीन सरकारको सहयोगमा २०३२ सालमा त्रिपुरेश्वर–माइतीघर–सूर्यविनायकसम्मको १४ किलोमिटरमा विद्युतीय ट्रली बस निर्माण गरिएको थियो ।
_iYxE1aks1z.jpg)
ट्रली बस निर्माण भएको १२ वर्षसम्म निर्बाध रूपमा सञ्चालन भए पनि २०४४ सालसम्म बन्द हुने अवस्थामा आइसकेको थियो । ट्रली बसमा कोचाकोच आवतजावत गरेको अहिले तस्बिरमा मात्र सीमित छ । बिचमा बन्द भएको ट्रली बस पछि सन २००१ सम्म आंशिक रूपमा चलेको थियो तर सन २००८ पछि घाटा भएको कारणले पूर्णरुपमा बन्द भयो ।
मीनभवनस्थित यातायात व्यवस्था विभाग परिसरको कवाडी हलमा थन्किएका ३२ ओटा ट्रली बसमा कोरिएको यो वाक्यांशले विभागलाई नै गिज्याइरहेको छ । बसका सबै पार्टपुर्जामा खिया लागिसकेको अवस्था छ । विद्युतीय ट्रली बस साँच्चै नै अब इतिहास बनेको छ ।
३३ वर्षसम्म काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातमा योगदान दिएको ट्रली बस सेवा अहिले कुनै सरकारी निकायको मातहतमा छैन । हेरौँ नेपाल फोटो लाइब्रेरी बाट कैद गरिएका अहिलेको अवस्थामा रहेका ट्रली बस र सम्बन्धित भग्नावशेषका तस्बिरहरू :
_1rWNz3rXqJ.jpg)
_SaaIFxtMgi.jpg)
_I9dMJh9bKj.jpg)
_2wtsRUBfkj.jpg)
_ePxGNsD5ME.jpg)
_AnyK0erVIh.jpg)
_pynv2sTKei.jpg)
_Qq8MwGThVt.jpg)
_jo4D0JIIIT.jpg)
_XonAqNXWaN.jpg)
_I8vuHRZOyb.jpg)
_xItgzYfnfO.jpg)
_DdKOMQkQh0.jpg)
_U5LI6bSL8E.jpg)
_pUrwjWkWPi.jpg)
_4Gva17Djkc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
-
विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्न मन्त्री पोखरेलको आग्रह
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण