रोनाल्डोको दुई गोलमा अल नासरको सहज जीत
शनिबार, ०९ मङ्सिर २०८०, ०६ : ४८
रियाद । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले अल नासरले साउदी प्रो लिगमा अल ओखदुदमाथि सहज जीत हासिल गरेको छ । शुक्रबार भएको खेलमा अल नासर ३–० गोलले विजयी बन्यो ।
खेलको १३ औँ मिनेटमा सामी अल नाजेईले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको ७७ औँ मिनेटमा रोनाल्डोले टोलीको अग्रता दोब्बर बनाए । तीन मिनेटपछि ३८ वर्षीय खेलाडीले ओखदुदका गोलकिपरलाई ३५ यार्ड टाढाबाट चिप गर्दा अल अवाल पार्क स्टेडियममा समर्थकहरू दङ्ग परेका थिए ।
जीतपछि अल नासरले लिगको शीर्ष स्थानमा रहेको अल हिलालसँगको दुरी १ अङ्कमा घटाएको छ । यद्यपि, नेयमारको टोलीले एक खेल कम खेलेको छ । १४ खेलबाट अल नासरले ३४ अङ्क बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण