सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
मानवीय क्षति

बर्दियामा आगलागी, चार जनाको मृत्यु, एक जना घाइते

शनिबार, ०९ मङ्सिर २०८०, ०७ : ४७
शनिबार, ०९ मङ्सिर २०८०

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो । 

आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप