छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ ।
नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-१० कोटीहोमस्थित सडकमा ना.८ ख ५८४४ नम्बरको ट्रकले प्रदेश २-०३-०१७ प ६५३२ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४० वर्षीया बालकुमारी कंडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनो पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता रूकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ चिसापानीस्थित सडकमा राडी बजारदेखि नेपालगञ्ज तर्फ जाँदै गरेको ना.३ ख ५२०७ नम्बरको बसबाट झर्ने क्रममा बसले ठक्कर दिँदा सोही ठाउँ बस्ने ३७ वर्षीय गणेश दमाईको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल राडीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २ जनाको वेस्टर्न अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सिरहाको भगवानपुर गाउँपालिका-१ भगवानपुरस्थित सडकमा प्र.२-०१- ००२ प ३९०६ नम्बरको मोटरसाइकल र स.९ प ७०१२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा स.९ प ७०१२ नम्बरको मोटरसाइकल चालक लहान नगरपालिका-१० गोठटोल बस्ने २९ वर्षीय दुर्गानन्द कुमार रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तऋषी अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.२-०१-००२ प ३९०६ नम्बरको मोटरसाइकल चालक समेत २ जनाको सप्तरीस्थित जिवन ज्योति अस्पताल बोदेबर्शाईनमा उपचार भइरहेको छ ।
यता दाङको तुलसीपुर उपमहानगरपालिका-७ गैरापातुस्थित सडकमा रानिजरूवाबाट दमारगाउँतर्फ जाँदै गरेको सु.प.प्र०१-००९ प ६६५३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक कैलाली लम्कीचुहा नगरपालिका-८ कुन्तिखेत बस्ने २४ वर्षीय विकास भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट विनियाेजन
-
मूल्यवृद्धिले खाद्यान्न ढुवानी प्रभावित
-
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण