कांग्रेस नेता लेखक सम्मानित
काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकलाई भारतको लखनउ विश्वविद्यालयले सम्मान गरेको छ । विश्वविद्यालयले आफ्नो १०३ औं स्थापना दिवसमा शनिबार कांग्रेस नेता लेखकसहित सात जना पूर्व विद्यार्थीलाई सम्मन गरेको हो ।
लखनउ विश्वविद्यालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउनका आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ । लेखकले सन १७८३ देखि १९८९ सम्म लखनउ विश्वविद्यालयबाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गरेका थिए।
लेखक सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक छन् । पूर्व भौतिकमन्त्री समेत रहेका लेखक कञ्चनपुर–३ बाट निर्वाचित सांसद हुन् ।
सम्मान कार्यक्रममा उनले लखनउ विश्वविश्वालयको भारतमा शैक्षिक विकासमा ठुलो योगदान रहेको बताए । लखनउ विश्वविद्यालयबाट शिक्षा हासिल गरेका व्यक्तिहरुले समाजका विभिन्न क्षेत्रमा आफ्नो योगदान पुर्याउँदै आएको उनको भनाइ छ ।
लगनउ विश्वविद्यालयका उपकुलपति प्रा। आलोक कुमार, नेपालका त्रिभुवन विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयका उपकुलपति बिच शैक्षिक विकासबारे भएको द्विपक्षीय सम्झौता कार्यान्वयनमा पहल गर्ने लेखकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण