शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस नेता लेखक सम्मानित

आइतबार, १० मङ्सिर २०८०, ११ : २१
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकलाई भारतको लखनउ विश्वविद्यालयले सम्मान गरेको छ ।  विश्वविद्यालयले आफ्नो १०३ औं स्थापना दिवसमा   शनिबार कांग्रेस नेता लेखकसहित सात जना पूर्व विद्यार्थीलाई सम्मन गरेको हो ।

लखनउ विश्वविद्यालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउनका आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ ।  लेखकले सन १७८३ देखि १९८९ सम्म लखनउ विश्वविद्यालयबाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गरेका थिए।

लेखक सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक छन् । पूर्व भौतिकमन्त्री समेत रहेका लेखक कञ्चनपुर–३ बाट निर्वाचित सांसद हुन् ।

सम्मान कार्यक्रममा उनले लखनउ विश्वविश्वालयको भारतमा शैक्षिक विकासमा ठुलो योगदान रहेको बताए । लखनउ विश्वविद्यालयबाट शिक्षा हासिल गरेका व्यक्तिहरुले समाजका विभिन्न क्षेत्रमा आफ्नो योगदान पुर्याउँदै आएको उनको भनाइ छ ।

लगनउ विश्वविद्यालयका उपकुलपति प्रा। आलोक कुमार, नेपालका त्रिभुवन विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयका उपकुलपति बिच शैक्षिक विकासबारे भएको द्विपक्षीय सम्झौता कार्यान्वयनमा पहल गर्ने लेखकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप