नेपाल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, १० प्रतिशत बोनस सेयर दिने
आइतबार, १० मङ्सिर २०८०, १३ : १७
काठमाडौँ । नेपाल इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई लाभांश वितरण घोषणा गरेको छ । शनिवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको हो ।
कम्पनीले लगानीकर्तालाई १० प्रतिशतका दरले बोनस सेयर घोषणा गरेको छ । चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँ रहको कम्पनीले १० प्रतिशतका दरले हुने १४ करोड ९४ लाख ७६हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।
यस्तै, यसका लागि लाग्ने कर प्रयोजनार्थका लागि भनेर ०.५२६३ प्रतिशत नगद लाभांश समेत घोषणा गरेको छ । यसअनुसार कम्पनीले ७८ लाख ६७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण हुन्छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव बीमा प्राधिकरणबाट र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग कुनै विवाद छैन, हामी निरन्तर संवादमा छौँ : अर्थमन्त्री
-
दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति
-
बागमतीको प्रादेशिक संरचना निर्माण प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन
-
मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
-
बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
-
'यदुवंशीनगर' विवादमा अन्तरिम आदेश अस्वीकार, सर्वोच्चले मुद्दालाई दियो अग्राधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण