‘कृषि उपजमा प्राविधिकको सल्लाह बिना नै विषादीको प्रयोग’
काठमाडौँ । नेपालमा कृषि उपजमा प्राविधिकको सल्लाह बिना नै प्रयोग भएको पाइएको छ । बोटबिरुवामा रोग र किराको प्रकोप देखिएमा प्राविधिकको सल्लाह बिना नै ८० देखि ८५ प्रतिशत किसानले विषादी प्रयोग गरेको पाइएको हो ।
व्यावसायिक रूपमा कृषि उपज उत्पादन गर्ने किसानमध्ये १५ देखि २० प्रतिशतले मात्रै विषादी प्रयोगबारे प्राविधिकको सर–सल्लाह लिने गरेको प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रकी बाली संरक्षण अधिकृत स्तुति आचार्यले बताइन् ।
‘नेपालमा विषादीको प्रयोग प्राविधिकको सल्लाह बिना नै भएको छ,‘ उनले भनिन्, ‘बालीमा कुनै पनि समस्या देखिएमा एग्रोभेटमा गएर मौखिकरुपमा नै समस्या बताएर विषादी प्रयोग गरिन्छ, त्यहाँ कुनै बोटबिरुवा स्याम्पल लगिँदैन ।’
बालीमा देखा पर्ने समस्याको जाँच नगराई मौखिक रूपमा नै विषादी प्रयोग गर्दा कृषि क्षेत्रमा असर पर्छ नै, यसका साथै, मानव स्वास्थमा, वातावरणमा विभिन्न खाले समस्या देखापर्छ ।
बाली बिरुवामा समस्या देखिएमा प्राविधिकलाई बिरुवा देखाएर विषादी प्रयोग गर्न आचार्यले सुझाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण