योगेश भट्टराई ताप्लेजुङ आएको भन्दै पहिचानवादीको अवरोध प्रयास
काठमाडौँ । ताप्लेजुङमा एमाले कार्यकर्ता र पहिचानवादी समूहबिच सामान्य झडप भएको छ । नेकपा एमाले ताप्लेजुङले आइतबार राखेको चियापान कार्यक्रममा सचिव योगेश भट्टराई पुगेपछि पहिचान पक्षधरले विरोध गर्दै अवरोधको प्रयास गर्दा भनाभन र झडप भएको हो ।
चियापान कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, प्रदेश सांसद तिलकुमार मेन्याङवोलगायत सहभागी हुन गएका थिए । नेता भट्टराईलाई जिल्ला प्रवेश गर्न नदिने घोषणा गरेका पहिचानवादीले भटट्राई कार्यक्रममा सहभागी हुन आएको भन्दै अवरोध गरेका थिए ।
साहयक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईले एमाले जिल्ला पार्टी कार्यालय अगाडी दुवै पक्षबीच भनाभनपछि सामान्य धकेलाधकेल भएको बताए । ‘बिहान दुवै पक्षका कार्यकर्ताबिच सामान्य भनाभनपछि धकेलाधकेल भएको हो, पछि सामान्य भयो’, साहयक प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ । पोखरेलले भनाभनपछि एमाले जिल्ला पार्टी कार्यालय अगाडी पहिचानवादीले कोण सभा गरेर हिँडेको बताए ।
‘दुवै पक्षका कार्यकर्ता जम्काभेट भएपछि सामान्य भएको हो । अहिले स्थिति सामान्य छ’, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बुले भने, ‘झडपमा कोही पनि पक्राउ परेको खबर छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण