मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

योगेश भट्टराई ताप्लेजुङ आएको भन्दै पहिचानवादीको अवरोध प्रयास

आइतबार, १० मङ्सिर २०८०, १५ : ००
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । ताप्लेजुङमा एमाले कार्यकर्ता र पहिचानवादी समूहबिच सामान्य झडप भएको छ । नेकपा एमाले ताप्लेजुङले आइतबार राखेको चियापान कार्यक्रममा सचिव योगेश भट्टराई पुगेपछि पहिचान पक्षधरले विरोध गर्दै अवरोधको प्रयास गर्दा भनाभन र झडप भएको हो । 

चियापान कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, प्रदेश सांसद तिलकुमार मेन्याङवोलगायत सहभागी हुन गएका थिए । नेता भट्टराईलाई जिल्ला प्रवेश गर्न नदिने घोषणा गरेका पहिचानवादीले भटट्राई कार्यक्रममा सहभागी हुन आएको भन्दै अवरोध गरेका थिए ।

साहयक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईले एमाले जिल्ला पार्टी कार्यालय अगाडी दुवै पक्षबीच भनाभनपछि सामान्य धकेलाधकेल भएको बताए । ‘बिहान दुवै पक्षका कार्यकर्ताबिच सामान्य भनाभनपछि धकेलाधकेल भएको हो, पछि सामान्य भयो’, साहयक प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ । पोखरेलले भनाभनपछि एमाले जिल्ला पार्टी कार्यालय अगाडी पहिचानवादीले कोण सभा गरेर हिँडेको बताए ।  

‘दुवै पक्षका कार्यकर्ता जम्काभेट भएपछि सामान्य भएको हो । अहिले स्थिति सामान्य छ’, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बुले भने, ‘झडपमा कोही पनि पक्राउ परेको खबर छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप