वेश्यावृत्ति गराएको आरोपमा सप्तरीबाट लज सञ्चालक पक्राउ
आइतबार, १० मङ्सिर २०८०, १७ : ०८
काठमाडौँ । प्रहरीले वेश्यावृत्तिको आरोपमा सप्तरीको राजविराजबाट लज सञ्चालकलाई पक्राउ गरेको छ । राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेस्ट हाउसका सञ्चालकसहित दुई जनालाई पक्राउ गरिएको सप्तरीका एसपी गजुसिद्धी बज्राचार्यले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा लज सञ्चालक राजविराज नगरपालिका–६ बस्ने ५७ वर्षीय अरुण चन्द्र मिश्र र प्रबन्धक महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डल छन् ।
लजमा महिलाहरू राखेर उनीहरूले वेश्यावृत्ति गराएको आरोप छ । महिलाहरूलाई प्रलोभन देखाएर जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा आरोपीहरू विरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको एसपी बज्राचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह
-
एमालेको 'मिसन पार्टी जागरण २०८३' लुम्बिनीमा
-
जेनजी आन्दोलनमा जलाइएको बानेश्वर प्रहरी वृत्त भवनको पुनर्निर्माणपछि हस्तान्तरण
-
इरान युद्धको भर्पाई गर्न ८० अर्ब डलर माग्ने तयारीमा पेन्टागन
-
इरान सम्झौता ‘बिनाशर्तको आत्मसमर्पण’सरह भएको ट्रम्पको दाबी
-
साउदी अरबमा शरीर जोडिएका फिलिपिन्सका जुम्ल्याहा दिदीबहिनीको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण