नेपाल सुपर लिग फुटबल : धनगढी विजयी
आइतबार, १० मङ्सिर २०८०, २१ : ०६
काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा साविक उपविजेता धनगढी एफसीले वीरगञ्ज युनाइटेड एएफसीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा सम्पन्न खेलमा धनगढीले वीरगञ्जमाथि २–१ को जित निकालेको हो । धनगढीका लागि फोडे फोफानाले खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । त्यसपछि वीरगञ्जका लागि हान्स क्वाफीले खेलको पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । फलु डियाग्नेले ह्याण्डबल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो ।
त्यसपछि खेलको ८९औँ मिनेटमा कृतिश रत्न छुन्जुको पासमा अहमद हिजाजीले गोल गर्दै धनगढीको जित पक्का गरे । जितसँगै धनगढीले प्रतियोगितमा तीन अङ्क जोडेको छ । भोलि झापा एफसी र स्पोर्टिङ मेची इलामबीच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण