‘फर्फी फर्की’को छायाङ्कन पोखराबाट सुरु
काठमाडौँ । रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म ‘फर्की फर्की’को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन आज (सोमबार)बाट पोखराको लेकसाइटबाट सुरु भएको हो । फिल्मका लागि पहिलो सट अभिनेता अनमोल केसीले दिएको निर्माता अधिकारीले बताए ।
पोखरापछि फिल्मको छायाङ्कन अन्नपूर्ण बेस क्याम्प, काठमाडौँ र इन्डोनेसियाको बालीमा समेत हुनेछ । गत शुक्रबार ललितपुरको बंगलामुखी मन्दिरमा पूजा गर्दै फिल्मको शुभ–मुहूर्त भएको थियो ।
सुयोग गुरुङको निर्देशन रहने फिल्ममा अनमोलको अलवा जसिता गुरुङ, माओत्से गुरुङ, नव–कलाकारद्वय रवि काफ्ले, समृद्धि अर्याल, प्रेम पाण्डे लगायतको अभिनय रहनेछ । अनमोल र जसिता पहिलो पटक यसै फिल्म मार्फत एकसाथ देखिन लागेका हुन् ।
प्रेमकथामा बन्न लागेको फिल्मको कथा निर्माता अधिकारीले नै तयार पाारेका हुन् । ओमप्रकाश अग्रवाल समेत निर्माता रहेको फिल्ममा सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । नरेन्द्र मैनालीको छायाङ्कन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ ।
‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म निर्माण गरेका अधिकारीको ‘फर्की फर्की’ काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले वितरण गर्नेछ । फिल्मको अन्तर्राष्ट्रिय वितरकको रूपमा एमएसएम इन्टरटेन्मेन्ट जोडिएको छ । शंकर पाण्डे फिल्मका प्रोडक्सन म्यानेजर रहेको फिल्मको रिलिज नयाँ वर्षको जेठमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण