सडक निर्माण गर्दा खानेपानी आपूर्ति बन्द
इलाम । सडक निर्माण गर्दा इलाम बजारमा आउने खानेपानी आपूर्तिमा समस्या आएको छ । केचना कञ्चनजङ्गा सडकअन्तर्गत सन्दकपुर गाउँपालिकाको कोइराले क्षेत्रमा सडक विस्तार गर्दा खानेपानीको पाइपलाइन बिग्रिएपछि इलाम नगरपालिमा खानेपानी आपूर्ति बन्द भएको हो ।
नगरपालिकामा गिताङ खोलाबाट खानेपानी आपूर्ति हुँदै आएको थियो । इलाम नगरपालिका प्रमुख केदार थापाले सडक खन्दा समन्वय नभएका कारण खानेपानी आपूर्तिमा समस्या आएको भन्दै यहाँस्थित सङ्घीय तथा प्रदेश खानेपानी कार्यालय, जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयसँग छलफल गरेका छन् ।
खानेपानी आपूर्ति बन्द भएपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वदलीय बैठकमार्फत सडकमा रहेको अवरोध हटाउने र निर्माणलाई निरन्तर दिएर खानेपानी आपूर्तिलाई सहज तुल्याउन लागिपरेका छन् ।
डिभिजन सडक कार्यालय प्रमुख सरला न्यौपानेले उक्त क्षेत्रको निरीक्षण गरी खानेपानी आपूर्तिका लागि पाइपलाइन क्षेत्रको सडक निर्माणलाई पहिलो प्राथमिकता दिने र खानेपानी आपूर्तिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण