हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता
हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकाश परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गरे । यस्ता प्रतियोगिताले खेलकुदको विकासमा टेवा पुग्ने विकास व्यक्त गर्दै उनले बुद्धिचाल खेलका बारेमा पाठ्यपुस्तकमा समावेश गर्ने तयारीमा आफूहरू रहेको बताए ।
नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धरम लामा, नगर खेलकुद विकाश समिति अध्यक्ष चन्द्र लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी लगायतले प्रतियोगीताको लागि सफलताको शुभकामना व्यक्त गरेका थिए ।
मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का गरी ८६ जना खेलाडीले सहभागिता रहेको आयोजक मकवानपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।
स्वीस लिग प्रणालीका आधारमा खेलाइने प्रतियोगिताका खेल नवौँ राउन्डसम्म सञ्चालन हुने र जसको बढी अङ्क आउँछ सोहीअनुसार विजयी हुने श्रेष्ठले बताए ।
प्रतियोगिताको पहिलो दिन आज पहिलो राउण्डमा ८६ जना खेलाडीले प्रतिस्प्रर्धा गर्ने र साँझ दोस्रो चरणको पनि खेल हुने उनले बताए । प्रतियोगितामा पहिलो हुने विजयी खेलाडीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रोले ४० हजार रुपियाँ हात पार्नेछन् ।
यस्तै चौथोलाई २५ हजार, पाँचौँलाई २० हजार र छैटौँदेखि १०औँ स्थानमा रहने खेलाडीलाई जनही १५ हजार प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । ११औँ देखि १५औँ स्थानमा अटाउने खेलाडीलाई पनि जनही रु ११ हजार प्रदान गरिने बताइएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण