श्रीमान्-श्रीमतीको झगडाले उडिरहेको विमान डाइभर्ट गरियो

नयाँ दिल्ली । उडानका क्रममा श्रीमान्–श्रीमतीबिच झगडा भएपछि लुफ्थान्सा एयरलाइन्सको उडान बुधबार नयाँ दिल्ली डाइभर्ट गर्नुपरेको छ । दिल्लीमा अवतरण गरेपछि श्रीमान् श्रीमतीलाई फ्लाइटबाट हटाइएको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार बुधवार जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैंकक जाँदै गरेको लुफ्थान्सा एयरलाइन्सको उडान दिल्लीमा अवतरण गर्नुपरेको हो । यो विमानको अवतरण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०.३० बजे भएको थियो ।
विमान अवतरण गरेपछि दुवैलाई तल झरेर टर्मिनल क्षेत्रमा लगियो, जहाँ सीआईएसएफका कर्मचारी, विमानका चालक दलका सदस्य र अन्य कर्मचारीले दुवैसँग कुरा गरेका थिए । समाचार एजेन्सी पीटीआईले श्रीमान् जर्मनी र श्रीमती थाइल्याण्डकी रहेको बताएको छ ।
उडानकै क्रममा दुवैबिच झगडा सुरु भएपछि विमानका पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्क गरेका थिए । पाइलटहरूले एटीसीलाई 'विमानको स्थिति र अनियन्त्रित यात्रु' बारे जानकारी दिए।
एक अधिकारीका अनुसार श्रीमतीले पाइलटलाई आफ्नो पतिको खराब व्यवहारको बारेमा जानकारी गराउँदै उनको हस्तक्षेप माग गरेकी थिइन्। श्रीमानले आफूलाई ‘धम्की’ दिइरहेको उनले बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न