आर्थिक समृद्धि नारा बन्यो पुरा हुन सकेन : मन्त्री चित्रकार
हेटौँडा । बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले राजनीतिक व्यवस्था परिवर्तन भए पनि सो व्यवस्थासँगै आएका आर्थिक सामाजिक रूपान्तरणका विषयहरू परिवर्तन हुन नसकेको बताएका छन् । उनले राजनीतिक रूपमा व्यवस्था परिवर्तन भए पनि नागरिकहरूको अवस्था परिवर्तन हुन नसकेको बताए ।
जनआन्दोलन र संघीयतापछि राज्यको सेवा प्रवाह र विकासका काम नागरिकहरूलाई महसुस हुने गरी गर्नुपर्ने भए पनि सरकार त्यसमा चुकेको उनको भनाई छ । सरकारले राजनीतिक उपलब्धिअनुसार नागरिकहरूलाई डेलिभरी दिन नसकेको उनले बताए । आर्थिक समृद्धिका विषय नारा बनेको भए पनि कार्यान्वयन हुन नसकेको उनले गुनासो गरे ।
‘राजनीतिक रूपमा राज्य व्यवस्था परिवर्तन भयो । तर, नागरिकको अपेक्षा पुरा हुन सकेन । अवस्था परिवर्तन हुन सकेन । राजनीतिक रूपमा व्यवस्था परिवर्तनसँगै आएका आर्थिक सामाजिक रूपान्तरण हुन सकेन ।’ उनले भने, ‘व्यवस्था परिवर्तन भएअनुसार नागरिकरुहरुलाई डेलिभरी दिन सकेका छैनौँ । नागरिकहरूले महसुस गर्ने गरी काम गर्न सकेनौ । २०६२÷०६३ को जनआन्दोलन र सङ्घीयताले आर्थिक सामाजिक रूपान्तरणलाई उचाइ प्रदान गर्यो । तर, आर्थिक क्रान्ति हुन सकेन । समाज रूपान्तरण हुन सकेन ।’
सरकारले उद्योग वाणिज्यका विषयलाई प्राथमिकताका साथ अघि सार्नुपर्ने उनले बताए । स्रोतमा बागमती प्रदेशमा धेरै सम्भावनाहरू भए पनि सदुपयोग र उत्पादनमा कमजोर रहेको उनको भनाई छ । स्रोतको समुचित सदुपयोग र उत्पादन वृद्धि प्रदेश सरकारको चुनौतीको विषय बनेको र त्यसलाई अवसरको रूपमा बदल्न जरुरी रहेको उनले बताए ।
सरकार गठनको ६ वर्ष पूरा हुने अवस्थामा पनि प्रदेशको उद्योग नीति बनाउन नसकिएको मन्त्री चित्रकारले बताए । प्रदेश सरकारले उद्योग व्यवसायीहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने र समय अनुकूल ऐन कानुनहरू निर्माण तथा परिमार्जन गर्नु जरुरी रहेको उनले बताए । सङ्घीयतापछि निर्माण भएका प्रदेश सरकारहरूले लक्ष्य र गन्तव्य निर्धारण गरेको र त्यसलाई सक्रियतापूर्वक कार्यान्वयनमा गर्नुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण