अभिनेत्री दीपशिखाले प्रेमी अमनजंगसँग कसिन् लगनगाँठो
बुधबार, १३ मङ्सिर २०८०, १९ : २७
काठमाडौँ । अभिनेत्री दीपशिखा खड्का विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी अमनजंग बस्न्यातसँग बुधबार परम्परागत विवाह गरेकी हुन् ।
उनको विवाह कार्यक्रम मुलपानीस्थित हेभेन पार्टी प्यालेसमा आयोजना भएको थियो । विवाहमा साथीभाइ, आफन्त सहभागी थिए । करिब ५ महिना अगाडि काठमाडौँ जिल्ला अदालतमा कोट म्यारिज गरेका उनीहरूले अहिले विवाह मार्फत सम्बन्धलाई औपचारिकता दिएका हुन् ।
बस्न्यात कतार एयरलाइन्समा कार्यरत छन् । खड्काले भने केही अगाडि ‘प्रेमलिला’ नामको फिल्म निर्माण गरेकी थिइन् । ‘श्रीदेवी’ नामको फिल्म बनाउने घोषणा समेत गरेकी खड्काले थुप्रै फिल्ममा अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण