कम्बोडियाले कोइला परियोजना रद्द गर्ने
नोमपेन । कम्बोडियाले १.५ अर्ब डलरको कोइला परियोजनाको तयारी रद्द गरेको कम्बोडियाका ऊर्जा मन्त्री केओ रोटानाकले बुधबार एएफपीसँग बताएका छन् ।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बिहीबार परियोजना रद्द गर्ने घोषणा गर्ने रोटानाकले बताए । नोम पेनले यसको सट्टा तरलीकृत प्राकृतिक ग्याँस (एलएनजी) आयात गर्न टर्मिनल निर्माण गर्नेछ ।
“कम्बोडिया सन् २०५० सम्ममा पृथ्वीमा मानव हस्तक्षेपका कारण हुने हरितगृह ग्यास उत्सर्जनलाई शून्यमा झार्ने विश्व समुदायको प्रतिबद्धता हासिल गर्न सक्दो प्रयास गर्नेछ,” रोटानाकले सामाजिक सञ्जालमार्फत जारी एक सन्देशमा भनेका छन् ।
उनले भनेका छन्,“त्योभन्दा पहिले हाम्रो पहिलो गन्तव्य एकीकृत रणनीतिको भागको रूपमा ऊर्जा दक्षता र विद्युतीकरण कार्यक्रमहरूलाई सन् २०३० सम्ममा कम्तीमा ७० प्रतिशत नवीकरणीय ऊर्जा उत्पादन गर्नु हो । यसका लागि ७०० मेगावाटको बोटम साकोर प्लान्ट कोह कोङ प्रान्तको दक्षिण पश्चिम तटमा रहेको संरक्षित आरक्षमा जमिनमा निर्माण गर्ने योजना बनाइएको थियो ।”
रोटानाकले भने,'यसलाई रद्द गर्ने घोषणा प्रधानमन्त्रीले सोही क्षेत्रमा जलविद्युत बाँधको शिलान्यास समारोहमा गर्नुहुनेछ, र कोप २८ छलफलमा देशहरूलाई सन्देश पठाउने उद्देश्य राखिएको छ ।'
कम्बोडियाले यसअघि नयाँ कोइला प्लान्ट विकास नगर्ने प्रतिबद्धता जनाएको थियो, यद्यपि यसले बोटम साकोर सुविधा र देशको उत्तरमा अर्कोसहित विद्यमान योजनाहरूप्रति प्रतिबद्ध रहेको बताएको थियो ।
ग्लोबल इनर्जी मोनिटरको कोइला प्लान्ट ट्र्याकरका अनुसार दुई युनिटको बोटम साकोर प्लान्ट सन् २०२५ को आसपासमा अनलाइनमा आउने तयारी थियो ।
डिसेम्बर २०२१ मा, कम्बोडियाले सन् २०५० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जन हासिल गर्ने आफ्नो कार्यदिशा प्रकाशित गरेको थियो ।
कम्बोडियाको विद्युत प्राधिकरणका अनुसार सन् २०२२ मा कोइलाले कम्बोडियाको कुल विद्युतको ३५.५ प्रतिशत उत्पादन गरेको थियो ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड
-
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण