बिहीबारदेखि गुरुकुलमा कामतको ‘काल’
काठमाडौँ । थापागाउँस्थित आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा नाटक ‘काल’को मञ्चन सुरु हुने भएको छ । मृत्यु र समय चक्र दुवै देखाउने नाटकको कथा सामाजिक विषयवस्तुमा आधारित रहेको छ । त्यसैले सबैले नाटकमा आफूलाई कहीँ नकही पाउन सक्नेछन् ।
नाटकले अहिलेको विश्व परिवेशमा देखा परेको आर्थिक मन्दी लगायत प्राकृतिक तथा सामाजिक कारणले मनोवैज्ञानिक रोगको सिकार भएका व्यक्तिहरू जो आफूलाई दुर्बल ठानेर आत्महत्याको बाटो रोजिरहेका छन्, उनीहरूको मनोवैज्ञानिक उपचारको वकालत गर्छ । नाटकलाई नाट्य विधाको रूप दिएर प्रस्तुत गरिएको छ, जहाँ भनिएको छ, मृत्यु रोज्ने मान्छेको मृत्यु खोज्ने जागिर ।
शङ्कर खरेलको काल कथाबाट प्रभावी भएर नाटक लेखेको नाटकका लेखक तथा निर्देशक राम भजन कामतले बताए । नाटक तयार पार्दा आफू नाटककारको रूपमा पूर्णरुपमा रहन नसकेको उनको भनाई छ । एउटै व्यक्ति लेखक र निर्देशकको रूपमा काम गर्दा गाह्रो हुँदो रहेछ । राजकुमार पुडासैनीको प्रकाश परिकल्पना रहेको नाटकको सहायक निर्देशकको रूपमा सुवास तिमल्सिना रहेका छन् ।
सुनिल पोखरेल, प्रवीण खतिवडा, चन्द्र नेपाली, निता राई केशव शाही, आशिष् घिमिरे, अर्जुन सिवाकोटी, सन्देश कार्की, रोशनचन्द, सलिना क्षेत्री सुरभी कामतको अभिनय नाटकमा रहनेछ ।
ध्वनी तथा संगीत परिकल्पना उत्सव बुढाथोकीको रहेको नाटकको भेसभुसा निता राई, सलिना क्षेत्रीले गर्नेछन् ।मञ्च निर्माण हुम वि.सी, पोस्टर स्केच सजन थापा मगर, मञ्च व्यवस्थापन, सुवास तिमल्सिना र पोस्टर/ब्रोसर सुदर्शन पुलामी रहेका छन् । नाटक ३० गतेसम्म नियमित मञ्चन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण