मङ्सिर २० देखि कौसी थिएटरमा ‘बोधि-सत्व’
काठमाडौँ । कौसी थिएटर टेकुमा नाटक ‘बोधि-सत्त्व’ मञ्चन हुने भएको छ । २० मङ्सिरदेखि ४ पुससम्म नाटक मञ्चन हुने नाटकमा काठमाडौँ महानगरपालिकाको सहयोग रहेको छ ।
'मान्छेले आफ्नो जीवनमा आफ्नो क्षणिक खुसीको लागि विभिन्न उद्देश्य राखेर अघि बढ्ने क्रममा आफूलाई झन्–झन् दुःखतिर धकेलिरहेको अवस्था छ । दुःख भयो भनेर झन् त्यो कुरा सोचेर फेरि दुःखमा धकेलिरहेको हुन्छ । मान्छेले आफ्नो स्वार्थ र खुसीको लागि नराम्रो कर्म गरिरहेको छन् । वास्तवमा मान्छेले आफ्नो जीवनमा अरूको हितको लागि गर्नुपर्छ । मनमा बोधि चित्त उत्पन्न गर्नुपर्छ अर्थात राम्रो चित्त बनाई लोक जनको उपकार गर्नु करुणा हो । कसैको कुभलो नचिताई राम्रो चित्त राख्नाले वोधिज्ञान प्राप्त भई बोधिसत्त्व मार्गमा पुग्न सकिन्छ' भन्ने कुरा यस सांस्कृतिक नाटक ‘बोधि-सत्व’ मा देखाउन खोजेको छ ।
नाटकको परिकल्पना, लेखन तथा निर्देशन नृत्य गुरु चन्द्रमान मुनिकारको छ । सुदन मुनिकार, संगीता थापा, युवाहाङ राई, अनिशा श्रेष्ठ, सन्तोष गिरी, अजय लामा, सृजना शर्मा, अन्जु श्रेष्ठ, नवीन काफ्ले, नानुमैया महर्जन र सचिन लामा लगायतको नाटकमा अभिनय रहनेछ । नाटकलाई ममा आर्ट्सको सहकार्यमा बज्र कलाकुञ्जको प्रस्तुति रहेको छ । नाटकको लागि बज्र कला कुञ्जले यसअघि कुमारी र पचली भैरव जस्ता सांस्कृतिक नाटकहरू पनि मञ्चन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण