नेपाल सुपर लिग
आफिजको गोलमा धनगढीले बुटवललाई हरायो
बिहीबार, १४ मङ्सिर २०८०, १९ : ३९
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको बिहीबार भएको खेलमा धनगढी एफसीले जित हाँसील गरेको छ । साविक उपविजेता धनगढी एफसीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवल लुम्बिनी एफसीलाई १–० गोलले हरायो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको इन्जुरी समयमा धनगढीका लागि विदेशी खेलाडी ओलावाले आफिजले निर्णायक गोल गरेका थिए ।
जारी लिगमा धनगढीको यो दोस्रो जित हो । धनगढीले पहिलो खेलमा वीरगन्जलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण