कास्कीको माछापुच्छ्रेमा राष्ट्रपति रनिङ शिल्ड सुरु
बिहीबार, १४ मङ्सिर २०८०, २१ : ३२
पोखरा । कास्कीको माछापुच्छ्रे« गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा ३ दिनसम्म चल्ने प्रतियोगिता पाँचौँ संस्करणको हो । प्रतियोगितामा ११ माध्यमिक विद्यालयका ३ सय ८३ विद्यार्थी सहभागी छन् । प्रतियोगिता अन्तर्गत ३० खेल हुनेछन् ।
गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले प्रतियोगिता सुरु गरेकी हुन् । उनले खेलको विकासमा पालिका चनाखो रहेको बताइन् । खेलाडीहरुलाई अनुशासित भएर खेल प्रदर्शन गर्न उनको आग्रह छ ।
बिहीबार मार्चपास, रिले दौड, भलिबल प्रतियोगिता भएको छ । प्रत्येक विधामा पहिलो हुने स्कुलले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेलाई ७ हजार पुरस्कार दिइने पालिकाले जनाएको छ । लाहाचोक स्थित महेन्द्र मावि खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण