बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अवैधरुपमा गिट्टी बालुवा निकालिरहेको ट्याक्टर र डोजर नियन्त्रणमा

शुक्रबार, १५ मङ्सिर २०८०, १४ : २७
शुक्रबार, १५ मङ्सिर २०८०

सिरहा । डिभिजन वन कार्यालय लहानले अवैधरुपमा गिट्टी बालुवा निकालिरहेको अवस्थामा धनगढीमाई नगरपालिकाबाट एक थान डोजर र छ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । जिल्ला समन्वय समिति सिरहा, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसँगको समन्वयमा धनगढीमाई १२ सर्रे खोलाबाट ट्याक्टर र डोजर नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानका प्रमुख डिभिजन वन अधिकृत सुजित कुमार झाले जनाएको छ । 

विशेष सूचनाको आधार जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोको नेतृत्वमा गएको टोलिले अवैध उत्खनन गरिहरेको स्थानबाट सबै सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय धनगढीमा राखिएको झाले जानकारी दिए ।

वन एने २०७६ अनुसार नम्बरी बाहेक सबै जमिन वनको अधिकार क्षेत्रमा पर्ने भएको बताउँदै अधिकृत मिश्रले त्यस्ता ठाउँमा उत्खनन गर्न स्थानीय तहले जिल्ला समन्वय समिति र वन कार्यालयको सहमति र समन्वयमा वातावरणीय सर्वेक्षण गरेर मात्र ठेक्का लगाउन पाउने व्यवस्था भएको बताए ।

‘यो क्षेत्रको ठेक्का र वातावरण सर्वेक्षणको विषयमा हामीसँग कुनै सहमति तथा समन्वय नभएकाले हामीले गाडीहरू नियन्त्रणमा लिएका हौँ; वन अधिकृत मिश्रले भने, ‘स्थानीय पालिकाले ठेक्का लगाएको भए त्यसको प्रक्रिया र आवश्यकताको आधारमा कारबाही अगाडी बढ्छ ।’

धनगढीमाई नगरपालिकाको उत्तरी क्षेत्रमा स्थानीय जनप्रतिनिधीकै मिलेमत्तोमा अवैध रुपमा अन्धाधुन्द उत्खनन हुने गरेको छ । यसरी उत्खनन हुँदा समेत स्थानीय प्रहरी र प्रशासनको मौनताले स्थानीय सशंकित बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप