नक्कली भुटानी शरणार्थी प्रकरण : यी हुन् धरौटी माग भएका र साधारण तारेखमा रिहा भएकाहरु

काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा केही व्यक्तिलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले हरिभक्त महर्जनलगायतसँग १० लाखदेखि ३० लाखसम्म धरौटी माग गरेको हो ।
जसमा हरिभक्त महर्जनसँग १५ लाख, शमशेर मियाँसँग १० धरौटी माग गरिएको छ । त्यस्तै टेकनाथ रिजालसँग १५ लाख, रामशरण केसीसँग १५ लाख र नरेन्द्र केसी १० लाख धरौटी माग गरिएको हो । यसैगरी सन्दीप रायमाझीसँग ३० लाख धरौटी माग भएको छ ।
त्यस्तै लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंक कुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको छ । उच्च अदालतले पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित नौ जनालाई भने पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।
पुर्पक्षका लागि थुनामै रहनेमा टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, शन्देश शर्मा, आङटावा शेर्पा रहेका छन् ।
यसैबीच न्यायाधीशको राय बाझिएका कारण पूर्वगृहमन्त्री बालकृष्ण खाण भने अर्को न्यायाधीशले आदेश दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष