जलारी समुदायले विरोध गरेपछि पोखरा महानगरले बन्द गरिदियो बेगनासको मोटरबोट
शुक्रबार, १५ मङ्सिर २०८०, २० : ०५
पोखरा । जलारी समुदायले विरोध जनाएपछि पोखरा महानगरपालिकाले बेगनासतालमा सञ्चालित मोटरबोट बन्द गरिदिएको छ । शुक्रबार पत्र लखेर तत्कालै बोट बन्द गर्न निर्देशन दिएको हो ।
मोटरवोट सञ्चालन गर्दा अन्य डुंगा व्यवसायमा असर पुर्याएको, माछा लगायतका जलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको गुनासो जलारी समुदायले गरेका थिए । यस्तै, डुङ्गा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका जलारी जातीको पेसामा प्रभाव पारेको गुनासो गरे ।
उनीहरुले तालमा ध्वनि प्रदूषण भएको तथा बिना अनुमति मोटरबोट सञ्चालन गरेको गुनासो सहित तत्काल बन्द गरिदिन महानगरलाई पत्र बुझाएका थिए । सरोकारवालाले पनि पटक पटक गुनासो गरेकाले मोटरबोट तत्काल बन्द गर्न सञ्चालकलाई निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण