बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जलारी समुदायले विरोध गरेपछि पोखरा महानगरले बन्द गरिदियो बेगनासको मोटरबोट

शुक्रबार, १५ मङ्सिर २०८०, २० : ०५
शुक्रबार, १५ मङ्सिर २०८०

पोखरा । जलारी समुदायले विरोध जनाएपछि पोखरा महानगरपालिकाले बेगनासतालमा सञ्चालित मोटरबोट बन्द गरिदिएको छ । शुक्रबार पत्र लखेर तत्कालै बोट बन्द गर्न निर्देशन दिएको हो । 

मोटरवोट सञ्चालन गर्दा अन्य डुंगा व्यवसायमा असर पुर्‍याएको, माछा लगायतका जलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको गुनासो जलारी समुदायले गरेका थिए । यस्तै, डुङ्गा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका जलारी जातीको पेसामा प्रभाव पारेको गुनासो गरे । 

उनीहरुले तालमा ध्वनि प्रदूषण भएको तथा बिना अनुमति मोटरबोट सञ्चालन गरेको गुनासो सहित तत्काल बन्द गरिदिन महानगरलाई पत्र बुझाएका थिए । सरोकारवालाले पनि पटक पटक गुनासो गरेकाले मोटरबोट तत्काल बन्द गर्न सञ्चालकलाई निर्देशन दिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप