जजिरा र एयर अरेबियाको टिकट चोरी प्रकरण : मर्स्याङ्दी ट्राभल्सका सञ्चालक पक्राउ
काठमाडौँ । जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्स्याङ्दी ट्राभल्सका सञ्चालक हरि प्रसाद सुवेदी छन् ।
पर्वत घर भएका ४७ वर्षीय सुवेदीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
यसअघि मङ्सिर ६ मा ब्युरोले सामाखुसी स्थित मर्स्याङ्दी ट्राभल्सका म्यानेजर नारायण सुवेदीलाई पक्राउ गरेको थियो । आरोपीहरूले बालुवाटार स्थित जियोल्याण्ड ट्राभल्स एण्ड टुर्स प्रा.लिको युजर आइडी ह्याक गरेर जजिरा र एयर अरेबियाको टिकट चोरी गरेको आरोप छ । भारतीय नागरिकको सहयोगमा आरोपीहरूले टिकट चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
ह्याकरहरुले पटक–पटक गरेर १ करोड ९९ लाख ८२ हजार बराबरको टिकट चोरी गरेको ब्युरेले गरेको अनुसन्धानबाट थाहा भएको छ । अहिलेसम्म ३३७ जना नेपाली र विदेशी नागरिकको नाममा अवैध तरिकाले टिकट चोरी गरेको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
आरोपीहरू विरुद्ध सिआईबीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल
-
हालान्डविरुद्ध गाब्रियलः प्रिमियर लिगको भिडन्त अब विश्वकपमा
-
हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु
-
डोल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ जना घाइते
-
लुम्बिनी प्रदेश सभा बैठक : बजेटमाथिको सैद्धान्तिक छलफल जारी
-
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध अदालत जाने तयारीमा कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण