ट्राभल कम्पनीको सिस्टम ह्याक गरेर २ करोड ठगी
बिहीबार, ०७ मङ्सिर २०८०, २० : १८
काठमाडौँ । काठमाडौँको एक ट्राभल कम्पनीको सिस्टम ह्याक गरेर करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल सामाखुसी बस्ने ३३ वर्षीय नारायण सुवेदी रहेका छन् ।
मर्स्याङ्दी ट्राभल्सका म्यानेजर रहेका सुवेदीले कार्तिक १८ गतेदेखि मङ्सिर २ गतेको अवधिमा बालुवाटारमा रहेको जियोल्याण्ड ट्राभल्स एन्ड टुर्स प्रालिको युजर आईडी पोर्टल ह्याक गरी जजिरा एयरलाइन्स र एयर अरेबिया एयरलाइन्सको ३३७ जना विभिन्न व्यक्तिहरूको नाममा टिकट काटेका थिए । उनले उक्त टिकट बराबर १ करोड ९९ लाख ८२ हजार ९८४ रुपैयाँ यात्रीहरूबाट लिई जियोल्याण्ड ट्राभल्सलाई ठगी गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको हो ।
प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार सुवेदीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण