मनोहरामा मोटरसाइकललाई ठक्कर दिएर फरार चालक पक्राउ
काठमाडौँ । मोटरसाइकललाई ठक्कर दिई फरार रहेका निशान गाडीका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
गत बिहीबार राति ११:५० बजे काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ थली स्थित सडकखण्डमा प्रदेश ३-०१-०० ३ क ६४८८ न.को निशान गाडी र बाग्मती प्रदेश ०२-०३२ प ३३४१ नं. को मोटर साइकल एक आपसमा ठक्कर खाई सवारी दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक शंखरापुर नगरपालिका वडा नं.८ साँखु निवासी अन्दाजी ३०-३२ वर्षका सुलभ मोक्तान र मोटरसाइकलमा पछाडि सवार डम्मर बहादुर तामाङ घाइते भएका थिए । दुवैलाई तत्काल उपचारार्थ शंखरापुर अस्पताल नारायणटार लगिएकोमा उपचारको क्रममा मोक्तानको शुक्रबार मृत्यु भएको थियो । त्यस्तै तामाङ पनि गम्भीर घाइते भएका रहेका छन् ।
दुर्घटनापछि निशान गाडी चालक काभ्रेपलाञ्चोक स्थायी ठेगाना भएका १९ वर्षीय सञ्जय स्याङ्तान गाडी छाडी फरार रहेका थिए । उनलाई प्रहरी वृत्त बौद्धबाट खटिई गएको प्रहरी टोलीले शुक्रबार ललितपुरको हरिसिद्धीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । उनीमाथि सवारी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान कार्य भई रहेको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्यवृद्धिले खाद्यान्न ढुवानी प्रभावित
-
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण