फेरि बढ्यो सुनको मूल्य, तोलामै १ लाख २१ हजार नाघ्यो
सोमबार, १८ मङ्सिर २०८०, ११ : ०७
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज फेरि सुनको मूल्य बढेको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघले तोलामा ८०० रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।
यससँगै, आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ । हिजो तोलामा १ हजार ८०० रुपैयाँले बढ्दै मूल्यले नयाँ कीर्तिमान बनाएको थियो । आज पनि मूल्य थप बढ्दै नयाँ कीर्तिमान बनेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार २०० रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघका अनुसार आज चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४५ रुपैयाँमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण