मन्त्री किराती सुकुम्वासी बस्तीमा पुग्दा....
सुनसरी । ४८ वर्षीय हरि ढुङ्गाना सपरिवार इटहरी उपमहानगरपालिका १० स्थित बुढीखोला किनारको सुकुम्वासी बस्तीमा बस्छन् । जहाँ एक सय ५० बढी सुकुम्वासीहरू टहरा बनाएर बसेका छन् ।
सोही बस्तीमा आइतवार साँझ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बास बस्न पुगे । सुकुम्वासी बस्तीमा यसरी विरलै सांसद र मन्त्री पुग्ने गरेको बताउँदै हरि ढुङ्गानाले आफूहरू हर्षित र भावुक बनेको बताए ।
उनले भने, ‘संघीय सरकारको मन्त्रीज्यू हाम्रो बस्तीमा आउनुभयो, वडाध्यक्षले समेत हामीलाई चासो नदिएको बेला देशको मन्त्रीले हाम्रो बस्तीमा पाइला टेक्दा हामी त बढो हर्षित र भावुक भएका छौँ ।’
नेता र नेतृत्वले सुकुम्वासीलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गरेको गुनासो गर्दै उनले किराती आफूहरूको बस्तीमा आएर आफूहरूको समस्याबारे चासो रहेकोमा खुसी प्रकट गरे ।
अर्का प्रेमकुमार राईले भने ‘सरकारमा रहेको मन्त्री सुकुम्वासी बस्तीमा आएर छलफल गर्नु धेरै सह्रानीय काम हो । सुकुम्वासीहरूले हालसम्म लालपुर्जा नपाएको कुरा मन्त्रीलाई सुनाउन पायौँ । पक्कै उहाँले समस्या समाधानका लागि सदनबाट नीतिगत कुराहरू अगाडि बढाउनु हुनेछ ।’
सोमबार हुने किरात धर्मगुरु आत्मनन्द लिङ्देनको नुमाङ्गेन समारोहमा सहभागी हुन इलामको माङ्सेबुङ जानेक्रममा विराटनगर विमानस्थल हुँदै किराती सुकुम्वासी बस्तीमा बास बस्न पुगेका हुन् । आफ्नो विभाग नपरे पनि सुकुम्वासी समस्या राज्यको समस्या भएकोले उनीहरूको अवस्था बुझ्नु आफ्नो दायित्व रहेको मन्त्री किरातीले बताए ।
उनले भने ‘हामीले ठुला काम गर्न नसकेपनि भुईमान्छेहरुका साना साना समस्य हल गर्न सकियो भने मात्रै त्यो लोकतन्त्र हुन्छ । राज्यबाट पिछडिएका समुदाय र गरिब निमुखाको पनि राज्य हो भन्ने प्रत्याभूति दिलाउन सकियो भने मात्रै असली लोकतन्त्र हुन्छ । लामो समय व्यवस्था परिवर्तनमा समय खर्चिएको हामीले अव एक ढिक्का भएर यी भुईँ मान्छेहरूको अवस्था सुधार्नु पर्छ ।’
मन्त्री किराती सोमबार बिहान झापाको दमक लगायत स्थानमा सर्वसाधारणसँग भेटघाट गर्दै इलामको माङसेवुङ पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण