मलेसियाको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ मा नेपाली बालबालिकालाई उपाधि
_Qd6K7aDVuO.jpg)
काठमाडौँ । मलेसियामा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’ मा नेपाली दुई बालबालिकाले उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा नेपालका तर्फबाट सहभागी बालक आरुष भट्टराईले शीर्ष उपाधि (ग्राण्ड विजेता) ‘मिस्टर किड युनिभर्स ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’ जिन्दा र एल्भिरा महर्जन ‘मिस किड एलोरिङ औरा ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’ (उप विजेता) बन्न सफल रहिन् ।
कोटाकिना बालु शहरमा नेभेम्बर २८ (मङ्गलवार) देखि डिसेम्बर ३ सम्म आयोजना भएको प्रतियोगितामा बालबालिकासँगै फेसन कोच राज फैजु पनि सहभागी थिए । फैजुले त्यहाँको टुरिजम निर्देशक इब्राहिम बिम ओथमानसँग समेत भेटेका थिए । भेटमा इब्राहिमलाई नेपालको तर्फबाट गिफ्ट समेत प्रदान गरेका थिए । उक्त अवसरमा इब्राहिमले आफूलाई मलेसियामा कार्यक्रम गर्न सुझाउँदै सहयोग गर्ने बचन समेत दिएको फैजुले बताए ।
प्रतियोगितामा आरुष र एल्भिराले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलवा नेपालको पर्यटन स्थल समेत चिनाएका थिए । प्रतियोगितामा सहभागी दुबै बालबालिकाको फेसन कन्सेफ डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् । भट्टराई रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘किड्डी फेस अफ द इयर २०२३’ का विजेता हुन् भने महर्जन ‘लिटिल प्रिन्सेस इन्टरनेशनल २०२३’की विजेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
-
नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै, राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने
-
सामाजिक सुरक्षा कोष अब अनिवार्य, कसरी हुन्छ कार्यान्वयन ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा
-
तिलोत्तमा नगरपालिका ‘सडक’ माग्नेमुक्त घोषणा