एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै
मङ्गलबार, १९ मङ्सिर २०८०, ०८ : ४४

काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ। सचिवालय बैठक मंगलबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
सोमबारबाट सुरू भएको बैठकमा महाधिवेशन सार्न प्रस्ताव गरिएको छ । यसअघि माघ १४ गतेबाट महाधिवेशन सुरू गर्ने निर्णय गरेको थियो।
हिजोबाट सुरू भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस र मदन–आश्रित स्मृति दिवस जेठ ३ गते महाधिवेशन गर्ने गरी नयाँ मिति प्रस्ताव भएको छ ।
‘महाधिवेशन सार्न प्रस्ताव आएको छ। आज बस्ने बैठकले त्यसबारे निर्णय गर्छ,’ खडिवडाले भने। यसका अतिरिक्त राष्ट्रिय सभाको निर्वाचन र ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे पनि छलफल गर्ने कार्यसूची रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
-
चिर्पट प्रहार गरी श्रीमानको हत्या
-
आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलका लागि अस्ट्रेलियन टोलीको घोषणा
-
एन्फाको अपिल समितिले उल्टायो पुरानो निर्णय, धीरेन्द्रलाई ‘बी’ डिभिजन खेल्ने अनुमति
-
आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ : मुख्यमन्त्री आचार्य
-
प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट