महाधिवेशन मितिबारे एकीकृत समाजवादीमा मतभेद
काठमाडौँ । पूर्व निर्धारित समय (माघ १४–१८) मा एकीकृत समाजवादीको महाधिवेशन नहुने निश्चित भएसँगै नेताहरूबिच नयाँ मिति कहिले तोक्ने भन्नेबारे मतभेद भएको छ । महाधिवेशनको नयाँ मिति तोक्न भनेर सोमबार करिब सात घण्टा बसेको सचिवालय बैठकमा नेताहरूले बोल्ने क्रममा आगामी चैतदेखि असोजसम्मको मिति प्रस्ताव गरेका छन् ।
नयाँ मितिबारे नेताहरूका फरक फरक प्रस्ताव आएकाले सोमबारको बैठकले निर्णय गर्न नसकेको एक सचिवालय सदस्यले जानकारी दिए । ‘कसैले फागुनमा गर्नुपर्ने प्रस्ताव गरे, भने कसैले चैत त कसैले असोजमा सार्दा उपयुक्त हुन्छ भन्ने प्रस्ताव गरेका छन्’, ती सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘फरक फरक मिति प्रस्ताव भएकाले निर्णय गर्न कठिन भयो ।’
उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आज मङ्गलवार बस्ने बैठकले नयाँ मिति तोक्ने जानकारी दिए । ‘महाधिवेशन सार्न प्रस्ताव आएको छ । आज बस्ने बैठकले त्यसबारे निर्णय गर्छ,’ खतिवडाको भनाइ छ ।
बैठकमा अन्तरपार्टी निर्देशन (अपानी ११) बारे समेत छलफल भएको छ । बैठकमा यसअघि सच्चाएर जारी गर्ने भनिएको अपानी जारी नभएको भन्दै सम्मानित नेता झलनाथ खनालले अबदेखि बरु अपानी नै जारी नगर्ने निर्णय गरौँ भनेर प्रस्ताव गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण