सीआईडीका इन्स्पेक्टर फ्रेडरिकको निधन
मुम्बई । सोनी टिभीको चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन भएको छ । यो कुराको पुष्टि दिनेशका साथी र को-स्टार दयानन्द शेट्टीले गरेका छन् ।
दयानन्द शेट्टीले सीआईडी शोमा इन्स्पेक्टर दयाको भूमिका निभाएका थिए । दयानन्दले भने, ‘दिनेश लामो समयदेखि बिरामी थिए । उनलाई हृदयाघात भएको थिएन । स्वास्थ्यमा केही समस्या थियो । उनी आफै अस्पताल गएर भर्ना भए । भर्ना भएपछि उपचार गर्न थालेपछि अन्य जटिलताहरू देखिन थाले।’
रिपोर्टका अनुसार ५७ वर्षीय दिनेशको मृत्युको कारण मल्टिपल अर्गेन फेलियर भनिएको छ । उनले सोमबार राति करिब १२ बजे मुम्बईको तुङ्गा अस्पतालमा अन्तिम सास लिए। उनको अन्तिम संस्कार मंगलबार दिउँसो मुम्बईको बोरिवली इस्टमा गरिने छ।
दिनेश फडणीसले सन् १९९८ मा सुरु भएको टेलिभिजन कार्यक्रम सीआईडीबाट विशेष पहिचान पाएका थिए । सुरुका केही एपिसोडहरूमा उनले कठोर पुलिस इन्स्पेक्टर फ्रेडरिक्सको भूमिका खेले । यद्यपि पछि उनी हास्य कलाकारको रूपमा परिचित हुन थाले।
यो शो सन् २०१८ सम्म सोनी टिभीमा प्रसारण भएको थियो। कोभिड लकडाउनको समयमा पनि, सीआईडीका केही एपिसोडहरू पुनः प्रसारण गरिएको थियो। टिभी शो बाहेक, दिनेश मराठी फिल्महरूमा काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी वायु फैलिने क्रम जारी, आज कहाँ-कहाँ हुनेछ वर्षा ?
-
इराकविरुद्ध फ्रान्सको गोल वर्षा
-
मंगलबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण