प्रधानमन्त्रीको स्वीकारोक्ति– एक वर्षमा सरकारले जनता सन्तुष्ट हुने परिणाम दिन सकेन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा सरकारले सुशासन, प्रशासन र अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित रहेको तर परिणाम जनता सन्तुष्ट हुने ठाउँमा नपुगेको स्वीकारेका छन् । बुधवार राजधानीमा भएको नेपालको अर्थतन्त्र र शासकीय सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कमजोरी स्वीकार गरेका हुन् ।
‘सरकार गठन भएको एक वर्ष पुग्न लागेको छ । सुशासन, प्रशासन र अर्थतन्त्र सुधारमा सरकारले सुरुदेखि नै लागिपरेको छ । तर परिणाम जनता सन्तुष्ट हुने ठाउँमा पुगेको छैन । अर्थतन्त्रले अबचाहिँ लय पक्रियो भन्ने ठाउँमा पुगेकै छैन’, उनले भने, ‘यद्यपि हामी धेरै आत्तिन पर्ने ठाउँमा छैन । हाम्रो स्थिति सुधार गर्नुपर्ने ठाउँमै छ र सुधारोन्मुख नै छ । तर अर्थतन्त्र दबाबमुक्त भइसेको छैन ।’
सरकारले सेवा प्रवाह जनताको तहसम्म पुर्याउन नसकेको स्वीकार गरेका छन् । साथै उनले आफूले जनतामा नयाँ भरोसा, राष्ट्रको इज्जत जोगाउने जमर्को गरेको बताए । अब यसको सुधारका लागि पोलिसि र ऐन बनाएर नयाँ सुधार गरी जनतालाई भरोसा दिलाउने प्रतिबद्धता जनाए । यस्तै उनले वर्तमान र पूर्व पदाधिकारी लिएर कङ्क्रिट योजना दिन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
-
लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाऊ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण